धनगढी, असोज १६ । कैलालीको तेघरीका भीमबहादुर थापामगरले वर्षदिनअघि आफ्नो ५ कट्ठासहितको घरखेत विक्रि गर्न खोजेका थिए । नसकेपछि अहिले नबेच्ने मनस्थिति बनाएका छन् ।
तर जग्गा दलालहरु भने पैसाको मुठो बोकेर दिनदिनै उनको घर धाउन थालेका छन् । ‘दलालको ढिपीबाट हैरान भैसकें’ उनले भने, ‘राजधानी हामीलाई विस्थापित गर्न आएको हो भन्ने लाग्न थाल्यो ।’
उतिबेलाको समस्या समाधान भैसकेकाले अहिले जग्गा बेच्नुपर्ने कुनै आवश्यकता नभएको उनल बताए ।
गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी सामूदायीक बन क्षेत्रमा सुदुरपश्चिमको राजधानी राख्ने प्रस्ताव प्रदेश सभाबाट पास भएपछि जग्गा दलालहरु सम्पर्कमा आउने क्रम ह्वात्तै बढेको उनी बताउँछन् । मंगलबारको कान्तिपुर दैनिकमा खबर छ ।