उपप्रधानमन्त्री उपेन्द्र यादवका बाबु छोराले अमेरिकाको भिषा नपाएपछि…

दियो पोस्ट  

कठमाडौं, १६ असोज । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अमेरिकाको भिषा नपाएको खुलाशा भएको छ । स्वास्थ्यको एक कार्यक्रममा सहभागी हुन अमेरिका जान खोजेका उनलाई भिषा नदिएको खुलेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल लगायतका कर्मचारी सहित एक कार्यक्रममा भाग लिन अमेरिका जान लागेका यादवले भिषा नपाएपछि मातहतका कर्मचारीलाई मात्रै अमेरिका पठाएको खुलेको हो ।

उक्त कार्यक्रममा विभिन्न देशका प्रधानमन्त्री समेत सहभागी हुने जनाइएको छ ।

छोरा विपेश यादवलाई समेत कार्यक्रममा सहभागी गराउन खोजिएको भएपनि अन्त्यमा त्यो योजना समेत विफल भएको थियो । छोरा विपेशलाई उनले स्वकिय सचिवकै हैसियतमा अमेरिका पठाउन खोजेका थिए ।

मन्त्री यादवले ‘भिषा नोट’का लागि परराष्ट्र मन्त्रालयमा समेत सम्पर्क गरेका थिए। तर, सो समय परराष्ट्र मन्त्री, सचिव र वरिष्ठ सहसचिव मन्त्रालयमा नभएका कारण ‘भिषा नोट’ लेखाएर भिषा लिने उनको प्रयास सफल नभएको बताइएको छ ।

सम्बन्धित खबर