काठमाडौं, असोज २५ । आज बिहीबार काठमाडौं उपत्यका सहित केही ठाउँमा मौसम बदली भएको । काठमाडौं उपत्यका सहित मध्य र पूर्वको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विहीबार पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना कम छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै फेरि बदली हुनेछ । चक्रवातको असर शनिबार सम्म नै पर्ने संभावना छ भने विहीबार केही ठाउँमा हल पानी पर्ने महाशाखाले अनुमान गरेको छ ।