किङ्शास, २६ असोज । लोकतान्त्रीक गणतन्त्र कङ्गो ९डीआरसी०को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ ।
उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।
उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन् ।
उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो ।
कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ ।
अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो ।
यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)