काठमाडौं, असोज २८ । गएराति निधन भएका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरिरलाई दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टी कार्यलयमा राखिने भएको छ ।
४ बजेपछि बास्तोलाको पशुपति आर्यघाटमाअन्त्येष्टि गरिने उनका सहयोगी राधा काफ्लेले दियोपोष्टलाई बताए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित घरमा राखिएको छ । ५ वर्षअघि वि.सं २०६७ सालको पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।
२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।