काठमाडौं, २९ असोज । युइएफए नेसन्स लिगमा विश्वकपमा छनोट नभएको इटालीले जित निकालेको छ । गएराती भएको खेलमा इटालीले पोल्याडमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । इटालीको लागि ९२ औं मिनेटमा क्रिश्चियानो बिरंघीले गरेको रोचक गोल नै निर्णायक भइदियो । खेलमा इटालीले १८ वटा प्रहार गरे पनि अन्तिम क्षणको प्रहार नै गोलमा परिणत हुन पुग्यो । इटालीले ७० प्रतिशत बल पोसेसन राख्दा ६५५ पास खेल्यो ।
यो समूहमा पोर्चुगल ६ अंकका साथ पहिलो, चार अंकका साथ इटाली दोस्रो र एक अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा छन् । गएराती नै भएको खेलमा रसियाले टर्कीलाई २–०, मोन्टेनेग्रोले लिथुवानियलाई ४–१, इजरायलले अल्बानियालाई २–० गोलले पराजित गरे । अजरबैजान र माल्टा, कोसोभो र फारोस आइसल्याण्डको खेल एक एक गोलको बराबरीमा टुंगियो ।
आज राती रोचक खेल हुँदै
नेसन्स लिगमा आज ठूलो खेल हुँदैछ । स्पेन र इङल्याण्डबीच आज राती साढे १२ बजे खेल हुन लागेको हो । आज राती नै फिनल्याण्ड र ग्रिस, बोस्निया हर्जगोभिना र नर्दन आयरल्याण्ड, आइसल्याण्ड र स्वीटजरल्याण्ड, बेलारुस र माल्दोभाबीचको खेल हुँदैछ ।