नुहाउँदा झुक्केर पनि यी ६ गल्तीहरु नगर्नुस् ! शरीरलाई गम्भिर हानी पुर्याउँछ

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ७ । तपाई कसरी नुहाउनुहुन्छ ? होसियार हुनुहोला प्राय मानिसहरु दैनिक स्याम्पु प्रयोग गर्छन तर यो कपालको स्वास्थ्यको लागि खतरापुर्ण हुनसक्छ । नुहाउदा र नुहाईसकेपछि ध्यान दिनुपर्ने केही कुराहरु यस्ता छन् ।

१. वालमा टावेल बाँध्ने
प्रायको नुहाएपछि चिसो कपालमा टाबेल बाँने प्रचलन हुन्छ । जुन गलत हो । यस्तो गर्दा कपालमा हानि पुग्छ । कपाल छिल्ने सम्भावना अत्याधिक हुन्छ । त्यसैले नुहाएपछि हल्का रुपमा पानी पुछ्नुस र हावामा सुक्न दिनुहोस ।

२. लुफाको गलत प्रयोग
नुहाउने समय शरीरको फोहोर हटाउन लुफाको प्रयोग गरिन्छ । तर, प्रयोगपछि भिजेको लुफालाई बाथरुममा राख्नुहुदैन । किनकि, यस्तो गर्दा लुफामा ब्याक्टेरिया फैलन्छ । त्यसैले जहिले पनि प्रयोगपछि लुफालाई घाममा राख्न आवश्यक हुन्छ ।

३. पैताला सफा नगर्ने
कतिपयले नुहाउने समय पैतालाको सफाईमा त्यत्ति ध्यान दिँदैनन् । दैनिक रुपमा पैतालाको सफा नगर्दा फंगल इन्फेक्सन हुने खतरा हुन्छ । त्यस्तै कैयौँ प्रकारका स्किन डिजिजको पनि खतरा हुन सक्छ । त्यसैले नुहाउने बेला स्क्रबर र हातका औलाका सहायताले राम्रोसंग पैताला तथा औलाका काप सफा गर्नुपर्छ ।

४. सधैँ स्याम्पु
तपाईँ दैनिक नुहाउनु्हुन्छ र नुहाउँदा स्याम्पुको प्रयोग गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । दैनिक स्याम्पुको प्रयोगले कपालमा भएको नेचुरल तेललाई हटाउने काम गर्छ । जसका कारण चमक घट्दै जान्छ । त्यसैले हप्तामा दुईपटक मात्र कपालमा स्याम्पुको प्रयोग गर्दा राम्रो हुन्छ ।

५. सबै कपालमा कन्डिसनर
टाउकाको सबै भागमा कन्डिसनरको प्रयोग गर्नुहुँदैन । कपालको पछिल्लो भागमा मात्र कन्डिसन्रको प्रयोग गर्नुपर्छ । त्यसैले, नुहाउने समय कन्डिसनरको गलत प्रयोगबाट बच्न जरुरी हुन्छ । गलत तरिकाले कन्डिसनरको प्रयोग गर्दा कपाल र टाउकोसम्वन्धी समस्या देखा पर्न सक्छ ।

६. सुकाउन हतार 
नुहाइसकेपछि शरीर सुकाउन हतार गर्नुहुँदैन । धेरै नुहाउनेबित्तिकै टावेलले शरीर रगट्ने र तुरुन्तै सुकाउने प्रयासमा हुन्छन् । यस्तो गर्दा स्किन सुक्खा हुने लगायतका समस्या भोग्नुपर्ने हुन सक्छ ।

नयाँ पत्रिकाबाट