भारतीय नेता सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै

भारतीय नेता सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै

 

काठमाडौँ, ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउने भएका छन् ।

काठमाडौँ रहँदा यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट गर्ने कार्यक्रम रहेका छन् ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।

Trending News