क्रियाशिल सदस्यता वितरण र नविकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबिबाट चल्दै आएको काँग्रेसको आर्थिक कोष मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रदिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको हो । कांग्रेसको नियमावलीमा पार्टी कोष संचालन कोषाध्यक्षले समिति बनाएर गर्ने भन्ने छ ।
सचिवालयका अनुसार खाता संचालनका लागि कोषाध्यक्ष सहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ । दसैंअघि विभिन्न बैंकमा रहेको रकममध्येबाट फिक्स्ड डिपोजिटबाट ५० लाख रुपैयाँभन्दा बढि रकम निकालिएको छ । यादवले पहिले पनि पेस्की लिएर गरिएका खर्चको विवरण मागेकी थिईन ।
सचिवालयका कर्मचारीले कोषाध्यक्षलाई विवरण देखाउनुको सट्टा महामन्त्री शशांक कोइराला मार्फत यादवलाई मनाउन खोजे । यसअघि निकालिएको डेढ करोड खर्च अपरादर्शी भएको पनि कोषाध्यक्ष यादवको गुनासो छ । आईतबारको नयाँपत्रिका दैनिकमा खबर छ ।