बालुवा तस्करले पत्रकारदेखि मन्त्रीसम्मलाई पैसा बाँढेको विषयमा अनुसन्धान गर्दै धादिङका सिडिओ र एसपी

दियो पोस्ट  

काठमाडौं, ११ कात्तिक । धादिङको राजमार्ग क्षेत्रका क्रसर तथा बालुवा उद्योगी व्यापारीले दशैं खर्चको नाममा मन्त्रीदेखि नेता र पत्रकारसम्मलाई रकम बाँढेको विषयमा व्यापक चर्चा भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले अनुसन्धान गर्ने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले आफूहरुले अनुसन्धान थालेको बताए । क्रसर व्यावसायीले प्रशासन र प्रहरीलाई समेत दशैं खर्चको नाममा रकम बाँढेको विषयमा सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएपछि प्रहरीले सत्य तथ्य पत्ता लगाउने गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले क्रसर र बालुवा व्यापारीले भ्रम फैल्याएको हुनसक्ने भन्दै कानुनी कारबाहीको लािग सत्य पत्ता लगाउन आफूहरुले अनुसन्धान थालेको र प्रहरीलाई निर्देशन दिएको बताए ।

धादिङका सांसद भूमि त्रिपाठीले भने,‘आरोप पुष्ठि भए सांसद पद र जीवनबाट राजिनामा दिन्छु’

बालुवा तस्करसँग कसले लिए कत्ति ? विवादमा तानिए पत्रकारदेखि नेता र मन्त्रीसमेत !

बालुवा व्यापारीबाट सांसद, मन्त्री र पत्रकारसम्मले दशैं खर्च लिएको लिस्टको पर्दाफास् (माइन्युटसहित)