महेन्द्रा निशान ट्रक सडकबाट ५० मिटर तल खोल्सामा खस्दा एक कोे मृत्यु

महेन्द्रा निशान ट्रक सडकबाट ५० मिटर तल खोल्सामा खस्दा एक कोे मृत्यु

धादिङ, कात्तिक ११ । गल्छी गाउँपालिका वडा नं ७ मछेडीखोला घिमिरेथुम्का सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ ।

सुमारा गाउँबाट पृथ्वीराजमार्गको मछेडीखोलातर्फ आउँदै गरेको बा ५ ख ३४७४ नंं । को महेन्द्रा निशान ट्रक पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका गाडीमा यात्रा गर्ने गल्छी – ७ का ३६ वर्षीय रामशरण तामाङको उपचारका क्रममा मृत्यु भएको छ । गाडी चालक प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । (रासस)

Trending News