विश्वकप क्रिकेट ट्रफी आज बसन्तपुर दरबार स्क्वायरमा राखिने

दियो पोस्ट  

काठमाडौँ, कार्तिक ११ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीलाई आज सोमबार बसन्तुर दरबार स्क्वायरमा राखिदै छ ।

संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी हिजो शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचाल्नुभएको थियो ।

हिजो नै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । आज सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ ।

अन्य सात राष्ट्रमा पनि सो ट्रफी पु¥याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पु¥याइँदै छ ।