मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलकोन

Diyo post  

काठमाडौँ, १२ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले आज ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

मन्त्री कुलासेगरानलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु महर्जन र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले स्वागत गर्नुभएको थियो । सो क्रममा मलेसियाका मन्त्रीले मङ्गलबजार, कृष्ण मन्दिर, हिरण्यस्वर्ण महाविहारलगायत मठमन्दिरको अवलोकन गर्नुभएको थियो । (रासस)

सम्बन्धित खबर

ट्रेन्डिङ