
/fi6«klt e08f/L bf]xfdf rf/lbg] cf}krfl/s e|d0fsf] l;nl;nfdf /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ stf/sf] bf]xfdf . tl:a/M bLk]G› clwsf/L, stf/, /f;;
कतार, १३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।
यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।
भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन्।
मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छिन् ।रासस