राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कँदै

दियो पोस्ट  

कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार साँझ स्वदेश फर्कँदै छिन् ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा गएकी थिइन् ।

कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।
साथै उनले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कँदै छ।

रासस