चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला

 

कावासोती, १५ कात्तिक । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताउनुभयो ।

चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताउनुभयो । दुई वटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुनसक्ने उनले बताए ।
रासस

Trending News