यी हुन् सरकारले छानेको १०० नयाँ पर्यटकीय गन्तव्य (सुचिसहित)

दियो पोस्ट  

काठमाडौँ । सरकारले छायाँमा परेका अधिराज्यका १०० वटा पर्यटकीय गन्तव्यलाई जोगाउने भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने सयवटा पर्यटकीय गन्तव्यहरुलाई छनोट गरेको छ ।

विहीबार १०० वटा गन्तब्यहरुको सुचि सार्वजनिक गर्दै मन्त्रालयले ति स्थानहरुको विकासको लागि विभिन्न आधार तयार गरेको छ । मन्त्रालयले नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरुलाई निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको सहयोग लिएर घुम्नयोग्य बनाइने बताएको छ ।

सम्भावना भएर पनि ओझेलमा परेका यी गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । नेपाल भ्रमण वर्ष मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

हेर्नुहोस मन्त्रालयले छनोट गरेको १०० पर्यटकीय गन्तब्य