आजदेखि काठमाडौंमा इन्टरनेट प्रविधि सम्बन्धि बहुपक्षीय सरोकारवालाकाको भेला

Diyo post  

काठमाडौँ, कार्तिक १६ । इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपालआइजिएफ २०१८’ आज शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष आयोजना हुने यस्तो फोरमको यस वर्ष मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्स्टिच्युट छनोट भएका छन् ।

फोरममा विद्युतीय अर्थतन्त्र, साइबर सेक्युरिटी, पूर्वाधार विकास, फेक न्यूज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।

यसैगरी इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा पनि समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोषबाबु सिग्देलले जानकारी दिए ।

फोरममा फेसबुक, अन्तर्राष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिकजस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाकोसमेत सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित खबर