पूर्व सञ्चारमन्त्रीले ‘ब्ल्याक’ मा एफएमको ‘फ्रिक्वेन्सी’ बेचेको खुलासा, ४० लाख कुम्ल्याए

दियो पोस्ट  

काठमाडौं, कार्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आदर्शको राजनीति गर्नुपर्छ भनेर उपदेश दिने पूर्व संचारमन्त्री राम कार्की ‘पार्थ’ ले मन्त्री हुँदा राजाराम कार्कीको नाममा दर्ता गरेको एफएम रेडियो राम्रै नाफा कुम्ल्याएर बेचेको स्रोतको दाबी छ । राम कार्की ‘पार्थ’ आफू संचारमन्त्री हुँदा लिएको फ्रिक्वेन्सी राम्रै नाफा राखेर बेचेपछि पत्रकारहरुबीच कमरेड ‘पाार्थ’ को आदर्शको कुरा त केवल उनको ढोंग रहेको चर्चा सुरु भएको छ ।

सञ्चारमन्त्री हुँदा कमरेड ‘पाार्थ’ले आफूले मात्र एफएम लिएनन्, नेपाली सेनालाई समेत दिएका थिए । जसका कारण्म कमरेड ‘पाार्थ’ निक्कै विवादित पनि भए ।

राम कार्की कमरेड ‘पाार्थ’ले मौकामा चौका हान्दै ७ लाख रुपैयाँ खर्च गरेर लिएको एफएम ४० लाख रुपैयाँमा जनता मिडियालाई बेचेर उनले ३३ लाख रुपैयाँ फाईदा लिएको नाम गोप्य राख्ने सर्तमा पूर्व माओवादी नेताले बताए । राम कार्की कमरेड ‘पाार्थ’को रेडियो अहिलेसम्म चलेको पनि छैन ।

हाल एफएम रेडियो दर्ता गर्न निक्कै कठिनाई भएकाले अहिले ब्ल्याकमा फ्रिक्वेन्सीको किनकबेच भैरहेको छ । सोमबारको साँघु साप्ताहिकमा खबर छ ।

TATA ADD

सिफारिस