काठमाडौं – मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।
पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो ।
उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।
तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् ।
त्यसैले सार्वजनिक पनि गरेनन् ।
०५१ मा घिसिङ सातौँ तहको इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै माओवादीले सशस्त्र द्वन्द सुरु गरेको थियो । तर, त्यही द्वन्द्वका कारण देशमा दशकसम्म आर्थिक गतिविधि ठप्प प्राय हुन पुग्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।