केपी शर्मा ओली
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नेकपा
भर्खरै अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली तिहारभर आफ्नै निवासमा आराम गर्नेछन् । प्रधानमन्त्री तिहारभर औपचारिक कार्यक्रममा ननिस्किने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिए । विरामी हुँदा गर्नुपर्ने काम धेरै छुटेकाले अध्ययन गर्ने, फाइल सदर गर्ने काम गरेर बस्ने प्रेस सल्लाहाकार अर्यालले बताए । प्रधानमन्त्रीले तिहार पनि आफ्नै निवासमा बनाउँनेछन् । प्रधानमन्त्री ओलीले अनुकुल पर्दा तिहार सँधै टिका लगाउने गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेकपा
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण् तिहारमा कहिल्यै टिका लगाउँदैनन् । जनयुद्ध होस् या शान्ति प्रक्रियापछिका दशैं तिहारमा टिका नलगाउने गरेका उनका स्वकीय सचिव गंगा दाहालले बताईन् । अध्यक्ष दाहाल तिहारभर आफ्नै निवास खुमलटारमै रहने र घरमै बसेर अध्ययन गर्ने, फूर्सदमा नेता कार्यकर्तासँग भेटघाट गर्ने स्वकीय सचिव गंगा दाहालले बताईन् ।
शेर बहादुर देउवा
सभापति, नेपाली कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवाले बुढा निलकण्ठ स्थित निवासमै तिहार मनाउँदैछन् । देउवानिवासमा तिहारमा बर्सेनि विभिन्न टोली आउने गरेको जानकारी सहयोगी भानु देउवाले बताए । तिहारका यसअघि जस्तै देउवाले कांग्रेस नेतृ मीना पाण्डे र बहिनी गोमा शाहसँग भाईटिका लगाउँनेछन् ।
झलनाथ खनाल
बरिष्ठ नेता, नेकपा
नेकपाका बरिष्ठ नेता झलनाथ खनाल भाईटीका रमाईलो पर्वका रुपमा मनाउँछन् । उनका १० दाजुभाई २ दिदि बहिनी छन् । धेरै वर्षपछि यसपटक जेठी दिदी र बहिनी झापाबाट काठमाडौं आएका छन् । भक्तपुरस्थित राम आचार्यको घरमा खनाल दिदिबहिनीको हातबाट टीका लगाउने खनालले बताए ।
रामचन्द्र पौडेल
बरिष्ठ नेता नेपाली कांग्रेस
ज्वाइँको निधन भएका कारण कांग्रेस नेता रामचन्द्र पौडेलको परिवारमा यसपटक तिहारको कुनै कार्यक्रम हुनेछैन । दशैँको बेला पौडेल परिवारसहित तिर्थ यात्रामा गएका थिए । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार पौडेलको तिहारपछि राजधानीबाहिरका विभिन्न जिल्ला जाने योजनामा छन् ।
महन्थ ठाकुर
अध्यक्ष मण्डलका संयोजक, राजपा
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर मध्यतिहारको दुई दिन काठमाडौंमै विताउनेछन् । उनले भाईटीका लगाउने छैनन् । तर, घरमा देउसीभैलो खेल्न आउनेसँग रमाउनेछन् । २२ कात्तिक दिउँसो अध्यक्ष ठाकुर आफ्नो निर्वाचन क्षेत्र जानेछन् । २३ कात्तिकमा काठमाडौं आउनेछन् । २६ मा पुन ः आफ्नो निर्वाचन क्षेत्रमा जानेछन् र यो बसाई भने छट पर्व मनाउनका लागि हुनेछ ।
नयाँ पत्रिका दैनिका खबर छ ।