प्रहरी यातनाबाट मृत्यु भएको भन्दै मानवअधिकार आयोग गुहार

दियो पोस्ट  

काठमाडौँ, कात्तिक २१ । काठमाडौँ मनमैजुका ५२ बर्षिय रवीन्द्र ढुंगानाको प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको भन्दै परिवारले छानविन गर्न माग गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै परिवारले घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषीलाई कारवाही र पीडितलाई क्षतिपुर्तीको माग गरेको छ ।

वुधबारको अन्नपुर्ण पोष्टमा खबर छ– उजुरीको आधारमा आयोगले मंगलबार अनुसन्धान थालेको छ । मृत्यु रहस्यमय रहेको परिवारले बताएकाले आयोगले छानविन गलेको मानव अधिकार आयोग प्रदेश ३ कार्यलयका निर्देशक यज्ञप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीले आईतबार ढुंगानालाई बैंकिङ कसुरमा पक्राउ गरेको थियो ।

ढुंगाना मुटुसम्वन्धी रोग तथा छारेरोगबाट पीडित रहेको र विर अस्पतालबाट उपचार गरि फर्काउदा बाटैमा मृत्यु भएको टेकु प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । ढुंगानाको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

TATA ADD