१२ देशका श्रममन्त्री नेपालमा

Diyo post  

काठमाडौं , कात्तिक ३० । वैदेशिक रोजगारीमा कामदार पठाउने विभिन्न १२ देशका श्रममन्त्री नेपाल आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको संयुक्त बैठक ९कोलम्बो प्रोसेस०मा मन्त्रीहरू नेपाल आएका हुन्।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोलोम्बो प्रोसेसले कामदार पठाउने र रोजगारदाता देश दुवैलाई फाइदा पुग्ने बताए। प्रवासी मजदुरको अधिकार सुनिश्चित गर्न लाग्नुपर्ने उनले बताए। श्रम क्षेत्रका चुनौती सम्बोधन गर्न सामूहिक प्रयासबाट अझ धेरै अवसर प्राप्त गर्ने मन्त्री विष्टले जानकारी दिए। आईओएमले कोलोम्बो प्रक्रियाले ठोस योजना बनाउने विश्वास व्यक्त गरेको छ। ‘कोलोम्बो प्रोसेसले आप्रवासन व्यवस्थापनमा सघाउ पुग्ने आईओएमले जनाएको छ। शुक्रबार मन्त्रीस्तरको बैठक हुनेछ। बैठकको नेपालले अध्यक्षता गरेको छ।

मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्। बैठकमा कामदारको हकहितका विषयमा छलफल हुनेछ। कामदार आपूर्ति गर्ने देशबीच कामदारको हकहितका लागि साझा एजेन्डा बनाउन छलफल हुनेछ। कोलम्बो प्रोसेसको बैठकले आप्रवासी कामदारको आर्थिक, सामाजिक सुरक्षा, आधारभूत अधिकार प्रत्याभूत र आपसी सहकार्य गर्न महत्र्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी भएका छन्। यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी तथा मलेसियामा रोजगारी गर्न जान्छन्। शुक्रबारको अन्नपुर्णपोष्टमा खबर छ ।

सम्बन्धित खबर