विद्यार्थीको भविष्यमाथि कुलेश्वर माविको चरम खेलवाड, भर्ना भएको तिन महिनापछि यसरी निकालिए विद्यार्थी

Diyo post  

काठमाडौँ, मंसिर ४ । कुलेश्वर आवाश माध्यमिक विद्यायलय कुलेश्वरले कक्षा ११ मा भर्ना लिन ग्रेड नपुगेका विद्यार्थीहरुलाई व्यवस्थापन संकायमा भर्ना लिई तीन महिनापछि मात्र उनीहरुले पढ्न नपाउने भन्दै विद्यालयबाट निकालेको छ । भर्ना शुल्क तथा रजिष्ट्रेसन फर्मको शुल्क लिइसकेपछि व्यवस्थापन संकाय पढ्नको लागि गणित विषयमा डि ग्रेड आएकोले भर्ना लिन नसक्ने भन्दै कलेजबाट निकालेको आरोप विद्यार्थी उषा बि.क.ले लगाएकी छिन् ।

उनका अनुसार, ‘म लगाएत अरु साथीहरुलाई पनि गणितमा ग्रेड नपुगेको भन्दै विद्यायलले तीन महिनापछि निकाल्यो । भर्ना तथा रजिष्ट्रेसन शुल्क युनिफर्म र पुस्तकहरुमा गरी लगभग २७ हजार खर्च गरिसकेपछि मात्र हामीलाई पढ्न नमिल्ने भन्दै विद्यालयबाट निकालिएको हो ।’ आफ्नो समय तथा व्यवस्थापन संकायमा पढ्न नपाउँदा भएको मानसिक तनावको हिसाव गर्नै नसकिने दुःखेसो पनि उनले पोखिन् ।

विद्यालयले उनीहरुलाई पहिल्यै पढ्न नमिल्ने नभनी उनीहरुको भविष्यमाथि खेलबाड गरेको बि.क.को आरोप छ । पैसाको लोभले धेरै विद्यार्थीको भविष्यमा नै खेलबाड गरे पनि क्षतिपूर्तिस्वरुप विद्यालयले केही नदिएको उनले बताइन् ।

विद्यालयका प्रधानाध्यपक मेघराज दुलाल भने अभिभावसँग पूर्वसर्त गरेर नै पढाएको र उनीहरुको लागत खर्च फिर्ता दिनै भन्दै पन्छिन खोजे । ग्रेड कम आएको भए पनि पछि पुरक परीक्षा दिँदा चाहिने जति ग्रेड ल्याउने आशाले भर्ना गरेको जस्तो गैरजिम्मेवारपूर्ण जवाफ उनले दिएका छन् ।

सम्बन्धित खबर