काठमाडौं, मंसिर ८ । खानेपानी संस्थानका महाप्रवन्धक भुपेन्द्र प्रसादले मातहत शाखाहरुलाई आफूखुसी ८५ करोड रुपैयाँभन्दा बढी विवरण गरेको पाईएको छ । उनले सञ्चालक समितिको निर्णयविनै २४ वटा शाखालाई रकम बाँडेका हुन् ।
खानेपानी संस्थान आर्थिक विनियमावली अनुसार वार्षिक बजेट तथा संस्थागत योजना समितिबाट पारित गराउनुपर्ने प्रावधान छ । संस्थापनको बजेट उपसमितिले छलफल गरी व्यवस्थापक समक्ष खाका पेश गर्नुपर्छ ।
व्यवस्थापकले सिफारिस गरेको बजेट विनियोजन गर्ने\नगर्ने अन्तिम निर्णय संचालक समितिलाई हुन्छ । कागजातअनुसार, शाखा कार्यलय महोत्तरीको गौशलालाई ५ करोड ७४ लाख रुपैयाँ, भैरहवालाई ३ करोड रुपैयाँ, कलैयालाई ३ करोड रुपैयाँ, लहानलाई ३ करोड रुपैयाँ, धनगढीलाई ४करोड९ लाख रुपैयाँ, मलंगवालाई ३ करोड रुपैयाँ, र राजविराजलाई ३ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्ते धरान, बनेपा,जलेश्वर लगायतलाई पनि रकम छुट्याईएको छ । महाप्रवन्धकले विनिमावलीविपरित बजेट विनियोजन गरेको सञ्चालक समिति सदस्य पदमबहादुर हमालले बताए ।