काठमाडौं, ११ मंसिर । सरकारले आजबाट लागु हुने गरी ल्याएको सामाजीक सुरक्षा योजनाले आम मजदुरलाई निकै फाइदा पुग्ने देखिएको छ ।
समाजिक सुरक्षा कार्यक्रममा श्रमिकले ११ र रोजगारदाताले २० प्रतिशत योगदान गर्छन् । यो रकमको २० प्रतिशत सञ्चयकोषमा जानेछ भने ८.३३ प्रतिशत उपदान र २.०७ प्रतिशत सामाजिक सुरक्षा कार्यक्रमहरुमा खर्च गरिनेछ ।
महिला गर्भवतिलाई फाइदै फाइदा
यो योजना लागु भएपछि मजदुरको भविष्य सुनिश्चित हुने विश्लेषकहरु बताउँछन् ।
सरकारले ल्याएको योजना अनुसार मातृत्व कार्यक्रम अन्तरगत महिला श्रमिक गर्भवती भएमा निश्चित रकम पाउनेछन् भने जटिलखालको उपचार गर्नुपर्ने भएमा त्यसअनुसार थप सुविधा पाउनेछन् । प्रसुतीका क्रममा मृत्यु भएमा परिवारलाई निश्चित रकम दिइनेछ ।
बेरोजगारी भत्ता
त्यस्तै बेरोजगारी भत्ता समेत दिने सरकारको योजना छ । यद्धपी यो सबैको लागि भने होइन सामाजिक सुरक्षा योजनामा आवद्ध भएका मजदुर कुनै कारणले बेरोजगार भएमा निश्चित अवधिसम्म जीवन निर्वाह भत्ताका रुपमा यो रकम दिइनेछ ।
पेन्सन योजना
सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका मजदुरले उमेरका कारण अवकाश पाए भने पेन्सन पाउनेछन् । यस्तोमा सिधै उपदान लिने मासिक पेन्सन लिने भन्ने विकल्प हुनेछ ।
त्यस्तै आश्रित परिवारलाई छ, जसमा मजदुरको आश्रित परिवारको शिक्षा, स्वास्थ्यमा मदत गरिनेछ ।
प्रधानमन्त्री केपी ओलीले राजधानीको प्रज्ञा भवनमा आयोजित भव्य कार्यक्रम मार्फत सामाजिक सुरक्षा योजनाको उद्घाटन गरेका छन् । श्रम मन्त्री गोकर्ण विष्टले उक्त योजना कार्यन्वयनका लागि ल्याएका हुन् ।
यस्ताे छ कार्यविधिकाे पूर्णपाठ