हुम्ला, मंसिर २३ । हुम्लाको सार्केगाड गाउँपालिका १ जैरकी मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराईन । उनले बर्थिङ सेन्टरमा बच्चा जन्माईन ।
घर फर्किने बेलामा स्वास्थ्यकर्मीले भने,–‘अहिले पैसा छैन, उधारो भयो । पछि लग्नुहोला’ जेठमा बच्चा जन्मिएकी मन्दिरा मंसिरसम्म पटक पटक बर्थिङ सेन्टर पुगिन्, सुत्केरी भत्ता लिन । ‘अहिलेसम्म दिएका छैनन् उधारो नै छ ।
जहिल्यै पछि आउनुहोला भन्छन् उनले । बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी आमालाई एह हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था छ । आइतबारको नयाँपत्रिका दैनिकमा खबर छ ।