शक्ति र पैसाको आडमा विनोद चौधरीको मनपरिः सरकारी जग्गा अतिक्रमण, ऐनविपरित उद्योग संचालन

दियो पोस्ट  

काठमाडौँ, पुष २ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसको तर्फबाट सांसद समेत रहेका विनोद चौधरीले शक्तिकै आडमा सरकारी तथा निजी जग्गा अतिक्रमणका साथै विद्यमान वातावरण ऐनविपरित उद्योगधन्दा चलाएको आरोप लाग्दै आएको छ । ग्रुपका अध्यक्ष चौधरीले धर्मको नामा सरकारी जग्गा अतिक्रमण गरेर मन्दिर र चौधरी ग्रामको नाममा सञ्चालनमा रहेको क्षेत्र विद्यमान वातावरण ऐनविपरीत रहेको ठहर वन मन्त्रालयको रहेको छ ।

चौधरीले नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २, मा रहेको सिजी इन्डस्ट्रियल पार्कले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाउँदा उनी तत्कालीन नेकपा एमाले (हाल नेकपा) को सांसद दुरुपयोग गर्दै एकातर्फ सरकारी जग्गा अतिक्रमण गरेका छन् भने उनको उद्योेगबाट निस्किएको फोहोर सिधै बस्ती छेउमा फाल्दै आएका छन् । चौधरी ग्रुपले पार्कको नाममा मन्दिर प्रवेशद्धारभित्र खोलाको सार्वजनिक जगामा दुई तले पक्की भवन निर्माण गरेका छन् । उनले भवन मात्रै होइन, प्रवेशद्वार नजिकको कर्कदह खोला पूरै अतिक्रमण गरेर बुद्धको मूर्ति राखेर सरकारी जगा हडपेका सो नगरपालिकाले चौधरी ग्रुपलाई काटेको पत्रबाट प्रष्ट भएको छ ।

चौधरीले सो मन्दिरपरिसरमा कुण्ड भनेपछि सो पोखरीमा फोहोर पानी र हिलो जम्मा गरेर बस्तीनै दुर्गन्धित बनाएको भन्दै कारबाहीका लागि स्थानीयहरुले पटक–पटक नगरपालिकालाई आग्रह गर्दासमेत कडा कारबाही भने भएको छैन । स्थानीय बासिन्दाहरुको धेरै गुनासो आएपछि पछिल्लो समयमा ५० हजार रुपैयाँ जरिवाना गरेर सो समुहलाई उन्मुक्ति दिएको आरोप समेत लागेको छ । सो फोहोर हटाउन र बस्तीलाई दुर्गन्धबाट मुक्त गर्न माग राखे पनि अझै चौधरी ग्रपबाट कुनै सफाई गरेको छैन ।

नगरपालिकाले उक्त प्रवेशद्वारजनिक कर्कदह खोला पूरै अतिक्रमण गरिएको, उक्त खोलामा कुण्ड भनिएकोमा फोहोर पानी र हिलो जम्मा गरी गाउँ नै दुर्घन्धित बनाएको, इन्टस्ट्रियल पार्कको उत्तरतर्फ पार्क हुँदै वहने खोला, कुला तथा खेतबाट झर्ने झरनाको निकासको लागि पार्कभित्रका सार्वजनिक कुलोहरु तत्काल सफा गरी पानीको निकासको व्यवस्था मिलाउन गत बर्ष पत्र नै लेखी निर्देशन दिए पनि सो निर्देशनको बेवास्ता गरी वातावरण ऐनको बर्खिलाप गरेको वन तथा वातावरण मन्त्रालयको निष्कर्ष छ ।

सो ग्रुपले स्थानीय बासिन्दाको जनस्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी उद्योगबाट निस्किएको ठुलो आयतनको रासायनिक पदार्थयुक्त पानी प्रशोधन नगरी सिधै खोलामा पठाइएको र यसबाट गन्ध प्रदुषण रासायनिक प्रदुषण भई किसानको खेती विनाश भएको, जमिनमुनिको पानीको स्रोत प्रदुषित भई इनारको पानी पिउनयोग्य नभएको, फोहोर पानी प्रशोधन केन्द्र चलाउने नगरिएको, उद्योगबाट निस्किने फोहोर पानीलाई प्रशोधन गरेरमात्र बाहिर पठाउने प्रबन्ध गर्नु÷गराउनु भन्दै लिखित निर्देशनलाई लत्याउँदै वातावरण ऐनविपरित उद्योग सञ्चालन हुँदै आएको छ ।
यसैगरी, चौधरी ग्रुपले उद्योगबाट ठुलो परिमाणमा निस्किने प्लाष्टिकजन्य र तेलजन्य फोहोर जलाउने प्रविधि काम नचल्ने अवस्थामा रहेको, प्लाष्टिकजन्य र तेलजन्य हानिकारक ठो फोहोर उच्च तापक्रममा जलाउने, तताउने प्रवन्ध मिलाई हानिकारक ग्यास उत्सर्जन गरेको, पार्कभित्रको उत्तर, पूर्व र पश्चिम सिमानामा स्थानीयको जगासंग जोडिएका कारण स्थानीयको बालीनालीका साथै स्वास्थ्यमा प्रतिकुल असर पारेको र स्थानीयवासीसाग समन्वयका लागि जनप्रतिनिधिसहितको समन्वय समिति गरी सबै कार्य गर्ने गराउने सहमति गरे पनि सो सहमतीविपरित चौधरीले उद्योग सञ्चालन गर्दै आएको पाइएको छ ।

चौधरी ग्रुपले कानुनलाई समेत हातमा लिँदै आएको प्रमाणित भएको ठहर सबन्धित सरकारी निकायको भएपनि कारबाही गर्ने आँट भने अहिलेसम्म कुनैपनि सरकारले गर्न सकेको छैन । यसबारे सीजी प्रशासनसँग फोनमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेन । देवचुली नगरपालिकाले पटक–पटक ताकेता गर्दा समेत चौधरी ग्रुपले कुनै चासो नदेखाएको जनाएको छ । रोशन कार्कीले सोमबारको आर्थिक दैनिकमा समाचार लेखेका छन् ।