दियोपोस्ट समाचार प्रभावः भत्कियो सीइओ न्यौपानेले सार्वजनिक जग्गामा ठड्याएको आलिसान महल

दियो पोस्ट  

काठमाडौं । सरकारी जग्गा हडपेर आलिसान महल ठड्याएका एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपानेले अन्ततः सरकारी जग्गामा बनाएको घर भत्काएका छन् । न्यौपानेले बूढानिलकण्ठ नगरपालिका वडा नं २ को सरकारी जग्गा हडपेर आलिशान घर र शानदार बगैंचा बनाएको विषयमा दियोपोष्टले यसअघि निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । समाचारको दबाबकै कारण न्यौपानेले घर त भत्काएका छन् घरले चर्चेको पछिल्लो पटक समेत गरेर एक रोपनी बराबरको सरकारी जग्गा फिर्ता गरेका छन् ।

नगरपालिकाका प्रतिनिधिका अनुसार मिडियाको दबाबकै कारण सीइओ न्यौपानेले आइतवारबाट घर भत्काउन थालेका हुन् । उक्त घर भएको स्थानको डिजिटल प्रविधिमार्फत नापजाँच गरेको थियो जसमा सीइओ न्यौपानेले फिल्डमा जग्गा अतिक्रमण गरेको प्रष्ट देखिन्थ्यो तर उनले हालसाविक गरेर नक्शामा पार्न भने भ्याएका थिएनन् ।

पद र पहुँचमा रहेका सीइओ न्यौपानेको प्रभावमा मालपोत कार्यालय र नापी कार्यालय समेत परेको थियो । सीईओ न्यौपाने भने अझै पनि यी सबै विषयमा सत्यता नभएको दाबी गरिरहेका छन् ।

सरकारी जग्गा हडप्नेलाई के हुन्छ कारबाही?

मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ अनुसार सरकारी, सार्वजकि वा सामदुायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्नेलाई २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । संहिताको दफा ३०५ मा सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न नहुने उल्लेख छ ।

सम्बन्धित समचारहरु

एनआईसी एशियाका सीईओ न्यौपानेले वडा कार्यालयको अनुमति विपरित बाटो सट्टापट्टा गरेको खुलाशा

एनआईसी एशियाका सीइओ रोशन न्यौपानेले सरकारी पर्ति जग्गा अतिक्रमण गरेर बनाए ‘भव्य दरबार’ !

एनआइसी एशिया बैंकका सीइओ न्यौपानेको ‘दरबार’ छिर्न सर्वसाधरण हिँड्ने बाटो नै सट्टापट्टा !

TATA ADD