‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !

‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !

काठमाडौं, ४ असार । अन्नपूर्ण ब्रोडकास्ट मिडियाका मालिक तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले किर्ते भौचर देखाएर २० करोड मुल्य पर्ने जग्गा हत्याएको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि राष्ट्र बैंकले चासो देखाएको छ ।

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !


राष्ट्र बैंकले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका प्रतिनिधिलाई बोलाएर छलफल गराएर त्यसको प्रगति विवरण समेत पठाउन देव : विकास बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।


पोखराका शिव प्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको करिब ३७ रोपनी ७ आना जग्गा थापाले अन्नपूर्ण ब्रोडकास्ट प्रालिद्वारा सञ्चालित एपीवान टेलिभिजनको सब स्टेशन राख्न भन्दै अन्नपूर्ण मिडिया नेटवर्कको नाममा पारेका थिए ।


थापाले उक्त जग्गा आफ्नो हातमा पार्नका लागि देव विकास बैंकको ५ करोड २५ लाख रुपैयाँको नक्कली भौचर देखाएका थिए । भौचरको विश्वासमा परेर वास्तोलाले उक्त जग्गा थापाको नेतृत्व रहेको मिडियाको नाममा पास गरिदिएका थिए । उक्त नक्कली भौचर काण्डबारे दियोपोस्टले पहिलो पटक खबर प्रकाशन गरेको थियो । समाचार प्रकशन भएपछि राष्ट्र बैंकले पटक पटक छलफल समेत गराएको थियो ।


केही दिनअघि अन्नपूर्ण मिडियाका प्रबन्ध निर्देशक लक्ष्मि प्रसाद पौडेलले पीडित शिव प्रसाद वास्तोलालाई दिनुपर्ने ५ करोड २५ लाख मध्ये साँढे २ करोड रुपैयाँ दिनका लागि टेलिफोन गरेका थिए । तर, पीडित वास्तोलाले आफूले पाउनु पर्ने सम्पूर्ण रकम अन्नपूर्ण ब्रोडकास्ट मिडिया तथा रामेश्वर थापाले दिनुपर्ने माग गरेका थिए । उनीहरुबीच डिल नमिलेपछि जेठ २१ गते अन्नपूर्ण पोस्ट र नागरिक दैनिकमा विज्ञप्ति छापिएको थियो ।

विवादमा रामेश्वर थापा : साढे २ करोडको ‘डिल’ नमिलेपछि जब अन्नपूर्ण पोस्टमा विज्ञप्ति छापियो (अडियोसहित)

विज्ञप्तीमा वास्तोलासँग राजीखुसीमै जग्गा किनेको र कुनै तिर्नुपर्ने रकम नभएको बताउँदै सञ्चार माध्यमलाई समाचार नलेख्न समेत चेतावनी दिएको थियो । समाचार छापिनु अघि भएको डिल नमिलेपछि आफ्नै स्वामित्वको अन्नपूर्ण पोस्ट दैनिकमा विज्ञप्ति छापिएको विषयमा दियोपोस्टले समाचार प्रकाशन गरेको थियो । डिलको अडियो समेत छापिएपछि राष्ट्र बैंकले फेरी तदारुकता देखाएको छ । गत जेठ २९ गते देव विकास बैंकलाई पत्र काटेको खुलाशा भएको छ ।


उक्त पत्रमा भनिएको छ–‘नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुरुप यस बैंकका वरिष्ठ डेपुटि गभर्नरज्युको संयोजकत्वमा गठित गुनासो व्यवस्थापन समितिको मिति २०७६/०२/१५ गते त्यस बैंकको प्रतिनिधिको उपस्थितिमा छलफल हुँदा प्रस्तुत विषयमा गुनासो व्यवस्थापन समितिको वैठकमा छलफल भए बमोजिम बैंकले अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीका प्रतिनिधिलाई बोलाई सहजकर्ताको भूमिका निर्वाह गर्ने व्यवस्था मिलाईदिने भन्ने व्यहोराको पत्र बैंकलाई लेखि पठाउने । साथै, सोको जानकारी निवेदकलाई पनि दिने भन्ने निर्णय भएको हुँदा सोही अनुसार गर्न गराउन हुन र यस सम्बन्धमा भएको कामको प्रगति यस समितिको सचवालयमा उपलब्ध गराउन हुन निर्णयानुसार अनुरोध गर्दछु ।’

दियोपोस्टको अडियो हटाउन पीडितलाई धम्की !


यता दियोपोस्टमा प्रबन्ध निर्देशक लक्ष्मि प्रसाद पौडेलले पीडित शिव प्रसाद वास्तोलालाई धम्की दिएको खुलाशा भएको छ ।


पौड्यालले दियोपोस्टमा प्रकाशित अडियो हटाउन चेतावनी दिएका छन् । ‘तपाईंले दियोपोस्टको अडियो हटाउनुस् । तपाईं कृतघ्न मान्छे रहेछ । मेरो अडियो किन दिएको ? तपाईंलाई म पर्सनल ट्रिट गर्नुपर्ने भयो । मलाई खुलमटार (नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास) बाट फोन आयो,’ पौड्यालले धम्की दिँदै भनेका छन्,‘बरु तपाईंलाई म सहयोग गर्छु । पर्सनल सहयोग गर्छु ।’
पीडितले भने आफूलाई अन्नपूर्ण ब्रोडकास्ट मिडियाले ठगी गरेको र ‘जो ठग उसैको ठूलो स्वर’ भन्दै भन्दै प्रति प्रश्न गरेका छन् ।

यो पनि पढ्नुहोस्

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

Facebook Comments

Trending News