पदभारग्रहण नगरेका सिइओलाई भेट्न अदालतमा पुगिन कर्जा सुरक्षण कोषकी निमित्त सिइओ पौडेल ?

दियो पोस्ट  

काठमाडौं । निक्षप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी नियुक्त भएका रमेश घिमिरेले कोषकै एक उच्च अधिकारीलाई जिल्ला अदालतमा रहस्यमयी भेट गरेका छन् । जिल्ला अदालतका एक न्यायाधीशको आफन्त समेत रहेका कोषका निमित्त सिइओ उषा पौडेललाई केहीदिन अघि जिल्ला अदालत काठमाडौंमै भेट गरेको पाइएको हो ।

जिल्ला अदालत नजिकै रहेको सिडियो कार्यालयसम्म गाडीमा पुगेकी पौडेलले अदालतमै घिमिरेलाई बधाई दिएकी थिइन् ।

चार वर्षका लागि सिइओ नियुक्त भएका घिमिरे यसअघि एनसलेको लिगल प्रमुख थिए । निमित्त सिइओको रुपमा रहेकी उषा डेपुटी सिइओ हुन् । कोष भित्रको अनियमिततामा समलग्नता रहेकी उनीमाथि विभिन्न आरोप छ ।
सिइओ घिमिरेसँगको भेटलाई रहस्यमयी रुपमा हेरिएको छ । घिमिरेले भोली मात्रै निक्षप तथा कर्जा सुरक्षण कोषको सिइओको रुपमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । उनले आजै एनसेलको सबै जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुबीच आइतबार भेटवार्ता भएको हो ।

 

सिफारिस