काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।
संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।
