अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरी पुष्कर पनि १५ दिने विदा लिएर विदेश उडे !

दियो पोस्ट  

काठमाडौं । व्यापारीको योजनामा राजश्वको दर हेराफेर गरेको भन्दै आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले आजै राजिनामा दिने संभावना छ । तर, उनीजत्तिकै जिम्मेवार रहेका अर्थमन्त्रालयका दुई सचिव भने जिम्मेवारीबाट भाग्ने कोशिसमा छन् ।

अर्थसचिव मधु कुमार मरासिनी अनिश्चितकालका लागि विदमा बसेका छन् । अर्का राजश्व सचिव कृष्णहरी पुष्कर भने घुमघामका लागि अष्ट्रिया निष्केका छन् । स्रोतका अनुसार पुष्करले १५ दिने विदा स्विकृत गरेर विदेश यात्रा गरेका हुन् ।

उनी तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीका पालामा अख्तियारमा कार्यरत रहँदा विवादमा आएका थिए । स्रोतका अनुसा राजश्वको दर हेराफेरमा सबैभन्दा ठूलो भूमिका पुष्करको नै थियो । पुष्करको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।