अर्थमन्त्री बजेट प्रकरणः आरोपबारे बोल्यो चौधरी ग्रुप

दियो पोस्ट  

काठमाडौं । यतिबेला बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुले करका दर हेरफेर प्रकरणबारे यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

केही व्यापारिक घरानालाई सघाउ पुग्नेगरी करका दर हेरफेर गरिएको भन्ने तथ्य बाहिरिएपछि अर्थमन्त्रीदेखि सरकारको समेत चौतर्फी आलोचना भइरहेको हो ।

सो क्रममा नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप लगायत व्यवसायिक घरानालाई फाइदा पुग्नेगरी करका दर चलाइएको भन्ने आरोपपछि चौधरी ग्रुपले त्यसबारे मुख खोलेको छ ।

सामाजिक सञ्जालमा लेख्दै चौधरीले आफूहरुको कुनै पनि संलग्नता नभएको भन्दै सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले भनेका छन्, ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।’

 

सम्बन्धित खबर