कोरोना महामारी नर्भिक अस्पतालका लागि ‘पर्व’ : आइसोलेशन प्याकेज १ लाख ७५ हजार !

दियो पोस्ट  

काठमाडौं, १२ भदौ । कोरोना भाइरस कोभिड १९ को महामारीसँग मुलुक नै लडिरहेको छ । कोरोना संक्रमण रोकथामका लागि राज्यले १३ अर्ब खर्च गरेको दाबी गरेको छ । देशभर कोरोना हाउगुजी जारी रहेका बेला कयौँ विरामी भने अस्पताल नपाएरै छटपटिएर मर्न बाध्य छन् ।

कोरोना महामारीले देश एउटा ठूलो आर्थिक महासंकटमा फस्ने देखिन्छ । तर, केही व्यापारीले भने कोरोना संक्रमणलाई समेत प्याकेजमा धन्दा बनाएर बेच्न थालेका छन् ।


आफूलाई अन्तर्राष्ट्रिय अस्पतालको रुपमा चिनाउँदै आएको राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालले कोरोना भाइरस महामारीलाई प्याकेजमा बेच्न थालेको छ । त्यसो त निकै सस्तो ल्याब परिक्षणलाई निकै महँगोमा परिक्षण गर्दै आएको नर्भिकले कोरोनालाई समेत एउटा ‘पर्व’को रुपमा प्रचार गरेको भन्दै आलोचना शुरु भएको छ ।


सामान्यतया कोरोना भाइरस संक्रमितहरु होम आइसोलशन र सरकारी अस्पतालको आइसोलशनमा बस्दै आएका छन् । कोरोना संक्रमितहरुको सबै खर्च राज्यले व्यहोर्दै आएको छ । नर्भिक अस्पतालले १४ दिन आइसोलेशनमा बसेको शुल्क १ लाख ७५ हजार रुपैयाँसम्मको प्याकेज घोषणा गरेको छ ।


नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरीका भाई तथा आफूलाई विश्व काव्य यात्री भनेर चिनाउने बसन्त चौधरीद्वारा सञ्चालीत नर्भिक अस्पतालले कोरोना प्याकेजको नाममा लुट मच्चाउन थालेको हो ।

‘कोभिड आइसोलेशन प्याकेज’ नाममा प्राइभेट रुमको प्रतिव्यक्ति १४ दिन बसेको १ लाख ७५ हजार तिर्नुपर्ने हुन्छ ।


त्यस्तै सेमि प्राइभेट रुममा १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा १४ दिनको बेड चार्ज, २ पटकको पिसिआर परिक्षण, एक्सरे, इसिजि, युएसजी र रगत परिक्षणको शुल्क समेत जोडिएको छ । तर, औषधीको शुल्क भने जोडिएको छैन । सरकारले कोरोना संक्रमितको बिमा जम्मा १ लाख रुपैयाँ मात्रै गरेको छ । विमा रकम भन्दा झण्डै दोब्बर मुल्यमा चौधरी समुहको नर्भिक अस्पतालले प्याकेज बनाएको हो ।


होटल व्यावसायीहरुले ‘वान नाइट स्टे’ प्याकेज भने जस्तै गरी कोरोना भाइस माहामरीबीच यसलाई प्याकेजमा विक्री गर्नु कत्तिको नैतिक व्यापार होला ?


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको शुल्क भन्दा बढी नीजि अस्पताल वा कुनै पनि अस्पतालले लिन पाउँदैन । स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गर्दै ३५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँमा कोभिड १९ को विरामी उपचार गर्न भनेको छ । तर, उक्त निर्णयको विरोधमा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन)ले विज्ञप्ति नै निकालेको थियो । उनीहरुले पिसिआर टेस्ट नै बन्द गर्ने चेतावानी समेत दिएका थिए । तर, संयोग नै भनौँ अफिन नामक संगठनको अध्यक्ष पनि नर्भिक अस्पतालका मालिक बसन्त चौधरी नै छन् ।

नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!

नर्भिक अस्पतालमा बलात्कार प्रयास प्रकरण-पीडित भन्छन्,‘डाक्टरको नाममा पिचास रहेछ’ (उजुरीसहित)

‘यौनकाण्ड’मा मुछिएका नर्भिक अस्पतालका डा. जेपी जैसवालको ‘झूट’ पर्दाफास (अडियोसहित)

बसन्त चौधरीको ‘धन्दा’ : एकातिर नर्भिक अस्पताल, अर्कोतिर खुकुरी रम नामक रक्सी कम्पनी !

बसन्त चौधरीको स्वामित्व रहेको पशुपति बिस्कुटमा आगलागी हल्ला मात्रै, १० करोड बिमा दाबी !

सम्बन्धित खबर