८ कार्तिक, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछिको अनुसन्धानमा लापर्वाही गरेको भन्दै गृह मन्त्रालयले तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
यस अघि निलम्बनमा परेका विष्ट र भट्टलाई छानबिन समितिको सिफारिस अनुसार प्रहरी प्रधान कार्यालयले बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । प्रधान कार्यालयको सिफारिसमाथि विष्ट र भट्टराई २४ घण्टे लिखित स्पष्टिकरण सोधिएको थियो । तर उक्त स्पष्टिकरण चित्त बुझदो नभएको निष्कर्ष निकाल्दै विहिवार गृह मन्त्रालयले विष्ट र भट्टराई बर्खास्त गरेको छ ।
बर्खास्तमा परेको एसपी विष्ट र इन्स्पेष्ट भट्टमाथि पुनः छानबिन हुने भएको छ । प्रहरीले छानबिन समितिले दिएको प्रतिवेदन अनुसार हिरासतमा राखेर कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको बताइएको छ । एक उच्च प्रहरी अधिकारीले दियो पोष्टसँग भने,‘घटनाको गम्भीरतापूर्व अनुसन्धान नगर्दा घटनाको दोषी पत्ता लाग्न सकेको छैन, प्रहरी संगठनलाई विवादमा तान्ने प्रयास भयो, गलत काम गर्नेलाई हिरासतमा लिएर अब छानबिन गर्नुपर्छ, लगत्तै दोषी पत्ता लाग्छ ।’