पोखरा प्रिमियर लिगः धनगढीद्धारा विराटनगरसामु १ सय ८३ रनको लक्ष्य प्रस्तुत (लाईभ हेर्नुहोस्)

diyopost.com
Diyo post   आइतबार, कार्तिक ११, २०७५ | ११:०५:०२

काठमाडौँ, कात्तिक ११ । पोखरा प्रिमियर लिग अन्तर्गत आईतबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्ससामु १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङको निम्तो पाएको निर्धारित २० ओभर खेलेर १८२ रन बनाएको छ ।

धनगढीका लागि पिटर डेविड ट्रेगाले अर्धसतक बनाएका छन् । उनले ३८ बलमा ४ छक्का २ चौकासहित ५३ रन बनाएका थिए । त्यस्तै सौरभ खनालले १३ बलमा ५ छक्का २ चौकासहित ४१ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरिले १९ बलमा १ छक्का र ४ चौकासहित २९ रन बनाएका छन् । अन्य ब्याट्सम्यानहरुले सामान्य प्रदर्शन गरेका छन् ।

यसअघि दुवै टिमले एक एक खेल हारेका छन् भने दुवै टिमको लागि अहिलेको खेल महत्वपुर्ण रहेको छ । आजै हुने दोस्रो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स बिच प्रतिस्पर्धा हुँदैछ । शरद भेष्वाकरले नेतृत्व गरेका पोखरा र सोमपाल कामिको कप्तानीमा रहेको बुटवल ब्लास्टर्स दुबै टिम दोस्रो जितको खोजिमा रहेका छन् । लगातार जित्दै आएका यि दुई टोलीबिच खेल दिउँसो १ बजे हुने छ ।

पोखरा प्रिमियर लिग हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको छ ।

सम्बन्धित खबर