पत्रकारमाथि भएको धम्की र दुव्र्यवहारप्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

diyopost.com
दियो पोस्ट   आइतबार, कार्तिक ११, २०७५ | १४:५६:२८

काठमाडौं, कार्तिक ११ । यातायात व्यवस्थगा विभागका निर्देशक चन्द्र शाहले समाचार संकलनमा रहेका सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई दुव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले जनाएको छ ।

प्रेस विज्ञप्ति

समाचार संकलनका लागि यातायात व्यवस्था विभाग पुगेका श्रेष्ठ र हाकुजुलाई विभागका निर्देशक शाहले पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै धम्क्याएका थिए । यस्तै नेपाल प्रेस युनियनले पनि दुई पत्रकारमाथि भएको दुव्यवहारको भत्र्सना गरेको छ ।

सम्बन्धित खबर