काठमाडौँ, कात्तिक ११ । किर्ते कागजात खडा गरि सरकारी जग्गा विक्री वितरण गराउने मालपोत अधिकृतसहित ७ जना अख्तियारको फन्दामा परेका छन् ।
मालपोत कार्यलय परासीका तत्कालिन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुषाल र कम्प्युटर अपरेटर एजाज खाँससहित ७ जनाविरुद्ध आईतबार विशेष अदालत काठमाडौँमा मुद्धा दर्ता भएको हो ।
मालपोत कार्यलयका कर्मचारीहरु र बिचौलियाहरुको मिलेमतोमा ३ करोडको सरकारी जग्गा बिक्री वितरण गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार मुद्धा दर्ता गरेको हो ।
मुद्धामा साविकको जयखानी ३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस वडा नम्बर ५, ९हाल सरावल गाउँपालिका वडा नम्बर १० को २ बिघाहा १५ कठ्ठा २ धुर क्षेत्रफलको सरकारी जग्गा नक्कली कागजात बनाई विक्री गराएको उल्लेख छ ।