सर्लाही गोलीकाण्डमा आफ्नो पार्टीको संलग्नता नभएको नेकपाको दावी (विज्ञप्तिसहित)

सर्लाही गोलीकाण्डमा आफ्नो पार्टीको संलग्नता नभएको नेकपाको दावी (विज्ञप्तिसहित)

काठमाडौँ, कात्तिक १५ । सर्लाही गोलीकाण्डमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको नेकपाले दावि गरेको छ । विहीबार नेकपा सर्लाहीले एक विज्ञप्ति जारी गर्दै गत कात्तिक १२ गते सर्लाहीको रामनगरमा भएको काण्डमा नेकपाको हात नरहेको स्पष्ठ पारेको हो ।

विज्ञप्तिमा जनतालाई अनावश्यक रुपमा उत्तेजित बनाउनको लागि सुनियोजित रुपमा घटनाहरुको सिर्जना गरेको समेत उल्लेख गरेको छ । उक्त समयमा नेकपा र कांग्रेसका कार्यकर्ताबिच झडप भएको भन्ने समाचार नै भ्रामात्मक रहेको नेकपाले जनाएको छ ।

तात्कालिन समयमा ब्यक्तिगत रिसिइबीका कारण भएको झडपलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको भन्दै नेकपाले विरोध समेत गरेको छ । घटनाको कारण र दोशीहरुलाई कारवाहीमा ल्याउनको लागी केन्द्र स्तरबाटै छानविन समिती बनाई अनुसन्धान गर्नुपर्ने समेत नेकपा सर्लाहीले माग गरेको छ ।

प्रेस विज्ञप्ति

 

Trending News