BREAKING :: दियोपोस्ट समाचार प्रभाव : भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ !

diyopost.com
दियो पोस्ट  शुक्रबार, पौष २३, २०७८ | २३:०८:२३

काठमाडौं । भिजिट भिषाको आवरणमा दुबईमा मानव तस्करी गरेको अभियोगमा दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेललाई पक्राउ गरेको छ ।

 

दुबईमा रहेको नेपाल एशोसियसनको युवा संयोजक भिम मल्ल ठकुरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दुबईको अध्यक्ष, एमडी बोहरा र सामाजिक अभियान्ता सनोज पौडेलको सहयोगमा प्याकुरेललाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।

 

भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !

दुबई प्रहरीले उनलाई घेराहालेर हिरासतमा लैजाँदै गरेको तस्विर र भिडियो दियोपोस्टलाई प्राप्त भएको छ । प्याकुरेलले नेपालबाट भिजिट भिषामा ८० जनाभन्दा बढी नेपाली सेनाका जवानहरुलाई आकर्षक तलब दिन्छु भन्दै प्रलोभनमा पारेर दुबई पुर्याएका थिए ।

फलोअप : यस्तो छ दुबई मानव तस्करी गर्ने ‘गिरोह’ले श्रीमतीलाई ‘दलाल’ बनाएको प्रमाण !

डिआइजी लगाएर नेपालमा दियोपोस्टकर्मीलाई पक्राउ गर्ने दुबईबाट ‘मानव तस्कर’को धम्की !

 

उनको स्वामित्व रहेको उक्त कम्पनिले दुबईमा एउटा क्याम्पमा सयौँ नेपालीहरुलाई विचल्ली बनाएर राखेको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले खुलाशा गरेको थियो ।

 

@diyopost

BREAKING :: दियोपोस्ट समाचार प्रभाव : भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ !https://www.diyopost.com/01/95800/

♬ original sound – Diyo Post – Diyo Post

 

खबर प्रकाशित भएपछि दुबईबाटै प्याकुरेलले दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई टेलिफोनबाट नेपाल प्रहरीको डिआइजी लगाएर पक्राउ गर्ने धम्की दिएका थिए । त्यति मात्रै होइन उनी नेपालमै आएर समाचारको स्रोत र पीडितको पहिचान खुलाउन विश्वकर्मालाई दबाव दिएका थिए ।

@diyopost

BREAKING :: दियोपोस्ट समाचार प्रभाव : भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ !

♬ original sound – Diyo Post – Diyo Post

सम्बन्धित खबर