काठमाडौं । त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेसीजका मालिक कोमलराज उपाध्यायले भिजिट भिषा नाममा अवैध रुपमा दुबई पुर्याएर बिचल्ली बनाएको केही नेपालीको विवरण प्राप्त भएको छ ।
भिजिट भिषामा नेपालबाट दुबई मानव तस्करी गर्दै आएका उपाध्यायले ती नेपालीबाट अस्वभाविक शुल्क असुलेको समेत पाइएको छ । प्याकुरेलले प्रति व्यक्ति न्युनतम एक लाख ७० हजार रुपैयाँदेखि ६ लाख ९० हजार रुपैयाँ असुुल गरेको पाइएको हो ।
प्राप्त विवरण अनुसार सौगात सिंजालीले भिजिट भिषामा दुबई गएर काम गर्नका लागि त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजका मालिक उपाध्यायलाई ३ लाख ९० हजार रुपैयाँ बुझाएर पुगेका छन् । तर, उनले काम नपाएर विचल्ली हुनुपरेको छ ।
प्याकुरलले दुबईस्थित एक क्याम्पमा बन्धन बनाएर राखेका ६५ जना नेपालीको विवरण प्राप्त भएको छ । अन्य क्याम्पको भने विवरण प्राप्त हुने क्रममै छ ।
प्राप्त विवरण अनुसार अधिकांशले २ लाख रुपैयाँ बुझाएका छन् । अर्का रविन भण्डारीले पनि ५ लाख ७० हजार बुझाएको विवरणमा उल्लेख छ ।
त्यस्तै विश्वनाथ अधिकारीले ५ लाख ५० हजार बुझाएको विवरणमा उल्लेख छ । टपेन्द्र विक्रम शाहीले ३ लाख २० हजार रुपैयाँ बुझाएको विवरणमा देखिन्छ । उनीहरु अधिकांशले उक्त रकम कोमलकी श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा जम्मा गरेका थिए ।
चार महिनादेखि दुबईमा अलपत्र रहेका उनीहरुले रोजगारी पाउन सकेका छैनन् । उपाध्यायले गत नोभेम्बर २७ मा ७ दिन भित्र काम लगाउने कागज गरेपनि हालसम्म कसैलाई काम लगाएका छैनन् ।
कसले कति पैसा बुझाए, यस्तो छ विवरण



यो पनि पढ्नुहोस्