सिद्धलेक गाउँपालिकामा अर्को कतुर्त : अध्यक्ष सिलवाललाई ‘बा’ भन्नेलाई करोडौंको ठेक्का !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १३ असार । सम्धीलाई पिए र ज्वाइँलाई शिक्षा शाखामा नियुक्त गरेका सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले ठेक्का पट्टामा भने ‘छोरा’लाई अघि सारेको पाइएको छ ।
गाउँपालिका अध्यक्ष सिलवाललाई ‘आफ्नो बुवा’ भनेर सम्बोधन गर्ने केशव सिलवाल उर्फ ‘कमल’को स्वामित्व रहेको कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई गाउँपालिकाको अधिकांश ठेक्का पट्टा योजनाबद्ध रुपमा दिने गरेको पाइएको हो । त्यतिमात्रै होइन अधिकांश उपभोक्ता समितिले कमल सप्लायर्सलाई नै कामको जिम्मा दिने गरेको विवरण दियोपोष्टले फेला पारेको छ ।
उपभोक्ता समितिको नाममा बजेट छुट्याइएपनि बिल भुक्तानी भने कमल सप्लायर्स मार्फत हुने गरेको रेकर्ड भेटिएको हो ।


दियोपोस्टले प्राप्त गरेको रकेर्ड अनुसार गाउँपालिकाबाट सिलवालले उपभोक्ता समिति वा ठेक्का पट्टाको तीन दर्जन भन्दाबढी योजनाको भुक्तानी बुझेका छन् ।

बुङचुङ आरुबास कमलबारी सडक क को उपभोक्ता समिति अध्यक्ष प्रेमराज पुरी हुन् । तर उक्त सडकखण्डको निर्माणको ठेक्का भने सिलवालकै स्वामित्व रहेको कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्सले पाएको छ । सन्तोषजनक काम नभएपनि सिलवालको कम्पनिले ४० लाख रुपैयाँ भुक्तानी पाइसकेको छ ।


त्यस्तै ७५ लाख रुपैयाँ भुक्तानी भएको बुङचुङ आरबास कमलबारी सडक ख’ को अध्यक्ष गोपाल बहादुर मगर हुन् । उक्त सडक आयोजनाको निर्माण पनि कमल सप्लायर्सले पाएको छ ।
सिद्धलेक १ स्थित बलदेवि मन्दिर कम्पाउण्ड वाल निर्माणको ठेक्का पनि बिना प्रतिष्पर्धा सिलवालकै कम्पनिले पाएको छ । वडा नम्बर १ को सडक निर्माणको ठेक्का पनि कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्सले पाएको छ ।

मिन्दुका मावी भवन निर्माण तथा पक्की घेरावार निर्माणको उपभोक्ता समितिले ठेक्का भने पनि कमल सप्लायर्सलाई नै दिएको छ ।


काँडेपानी चौतारा तथा धारा निर्माणको ठेक्का पनि सिलवालकै कम्पनि कमल सप्लायर्सले पाएको छ ।
वडा नम्बर १ को क्यान्टिन निर्माणको ठेक्का पनि योजनाबद्ध रुपमा उनै सिलावलको कम्पनिले पाएको छ ।


उपभोक्ता समितिको नाममा हुने विकास निर्माणका काम होस् वा ठेक्का मार्फत हुने सबै निर्माणको काम एकलौटी रुपमा कमल सिलवाललाई दिइने गरेको गाउँपालिकामा कार्यरत एक उच्च तहका कर्मचारीले बताए ।

सिद्धलेक गाउँपालिकाको करोडौंको ठेक्कामा रजाईं गर्न थालेपछि सामान्य आर्थिक अवस्था रहेका कमल सिलवालको अस्वभाविक आर्थिक प्रगती भएको उनी निकटस्थहरु बताउँछन् । उनको आर्थिक प्रगतीमा गाउँपालिका अध्यक्ष सिलवालको समेत स्वार्थ रहेको बताइन्छ ।


जतिबेला लक्ष्मण भट्टराई कार्यकारी प्रमुख थिए । त्यसैले गत वर्ष असार मसान्तमा अध्यक्ष सिलवालले डेढ करोडको वाल निर्माणको काम गर्न कमल सिलवाललाई आदेश दिएका थिए ।

सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र गर्नु त कहाँ कहाँ उपभोक्ता समिति समेत निर्माण नगरी आदेशको भरमा ठेक्का दिएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले विरोध गरेका थिए । तर, त्यसको केही दिनमै भट्टराईको सरुवा भएको थियो ।


उनी पछि आएका हालका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले आफ्नो सरुवा सिद्धलेक गाउँपलिकामा हुनु अगावै बनेको वालको उपभोक्ता समिति निर्माण गरेको नाममा भुक्तानी दिएका थिए । यसरी भुक्तानी दिँदा पौडेलले ठेकेदार सिलवालबाट ठूलै रकम हातपारेको एक कर्मचारीको दाबी छ ।

सिद्धलेक गाउँपालिकाबाट अध्यक्ष सिलवालका छोरा भनिने कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्सले मिलेमतोमा पाएको ठेक्को विवरण यस्तो छ –


छुटाउनु भयो की ?

सिद्धलेक गाउँपालिकामा औषधी खरिदमा ‘घोटाला’ : ‘गुणस्तरहिन’ औषधी किनेको खुलाशा !

सिद्धलेक गाउँपालिका ‘फलोअप’ : अध्यक्ष सिलवाल र पौडेलको मिलेमतोमा ३ करोडको ठेक्का गोलमाल !

सिद्धलेक गाउँपालिका बन्यो अध्यक्षको आफन्त ‘भर्तिकेन्द्र’ : सम्धी पिए र ज्वाइँलाई जागिर !

सिद्धलेक गाउँपालिका अध्यक्षको ‘कतुर्त लुकाउन मिडियामा लगानी’ : को हुन् पैसा लिने पत्रकार !

सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवाल विरुद्ध स्थानियबासी आन्दोलित : कार्यालय घेराबन्दी !