दियोपोस्ट समाचार प्रभावः ह्वासिन सिमेन्ट र गाउँपालिकाको जग्गा सम्झौता रद्ध गर्न सरकारलाई लेखा समितिको निर्देशन !

दियो पोस्ट  

काठमाडौँ, साउन २६ । लेखा समितिले धादिङको वेनिघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा निर्माणाधिन ह्वासिन सिमेन्ट र गाउँपालिकाबिच जग्गा भाडा सम्बन्धमा भएको सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको लेखा समितिको पुर्ण वैठकले वेनिघाट रोराङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर ५० बर्षसम्मका लागि सिमेन्ट उद्योगलाई सरकारी जग्गा भाडामा दिने सम्झौता गरेको भन्दै तत्काल रद्द गर्न सरकारलाई निर्देशन गरेको छ ।

निर्माणाधिन ह्वासिन सिमेन्टले उद्योगको लागि न्यूनतम मापदण्ड समेत पुरा नगरेपछि लेखा समितिले नेकपाका सांसद लेखराज भट्टको संयोजकत्वमा उपसमिति बनाएर अध्ययनका लागि पठाएको थियो । सोही समितिले बनाएको अध्ययन प्रतिवेदनले सार्वजनिक जग्गा भाडामा दिने अधिकार गाउँपालिकाको नभएको भन्दै गाउँपालिकाले मनोमानी ढंगले स्वीकृती दिएको निष्कर्श निकालेको थियो ।“स्थानीय तहबाट उक्त कम्पनीलाई ५० वर्षका लागि सार्वजनिक जग्गा भाडामा दिने काम भएको छ, त्यो गैरकानूनी भयो, यसरी दिन पाइँदैन, उद्योग र स्थानीय तहबीच भएको सम्झौता रद्द गर्न लगाई त्यसलाई सच्याएर अघि जानुपर्छ भन्नेमा बैठकमा मतैक्यता भएको छ”, समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

ह्वासिन् सिमेन्ट उद्योग बनाउन मलेखु खोला नै ‘कब्जा’, नेताकै समलग्नतामा ३ सय रोपनी खोला गायब !

सिमेन्ट कम्पनीले समेत सडक उद्योगसम्म जाने सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पुरा नगरेको, उद्योगले पर्यावरणीय सन्तुलन कायम राख्न कुनैपनि उपाय नअपनाएको लगायतका विभिन्न कमजोरीहरु फेला परेको छ । सडक निर्माण गर्दा खोला नै मिचेर बनाइएको उपसमितिका संयोजक लेखराज भट्टले बताएका छन् । उनका अनुसार खोलाको वहावलाई नै परिवर्तन गर्ने गरेर सडक निर्माण गरिएको छ । खोला मिचेर बनाइएकै कारणले ह्वासिन सिमेन्ट उद्योग केही हप्ता अघि बाढीले तहसनहस भएको थियो ।

लेखराज भट्ट भन्छन्,–‘ह्वासिन सिमेन्ट र बेनिघाट रोराङ गाउँपालिकाबीच भाडा सम्झौता रद्द हुन्छ’ {अन्तर्वार्ता}

अन्य कुराहरुमा ह्वासिन सिमेन्टले स्थानियहरुलाई विशेष प्राथमिकता पनि नदिएको
पाइएको छ । उनिहरुको जग्गालाई सिमेन्ट उद्योगले गम्भिर प्रभाव पार्ने भएपनि मुआब्जाको व्यवस्था नगरेको, उनिहरुको मागको सुनुवाई नभएको इत्यादी कारणले सिमेन्ट उद्योग विवादीत बनेको हो ।

याे पनि

मलेखु खोला कब्जा गर्ने ह्वासिन सिमेन्टको भाडा सम्झौता रद्द गर्न सिफारिस, समलग्नलाई कारबाही !

ह्वासिन सिमेन्टले कसरी गर्यो ‘मलेखु खोला कब्जा’, यस्तो छ उपसमितिको १५ बुँदे सिफारिस

मलेखु खोला कब्जा गरेर निर्माण भइरहेको ह्वासिन सिमेन्टमा बाढी पस्यो, १ अर्बको क्षती ! (फोटो फिचर)

मलेखु खोला कब्जा प्रकरण : संसदीय समितिमा उजुरी, ५ मन्त्रालयलाई एकैसाथ यस्तो निर्देशन !

मलेखु खोला कब्जा गर्ने ह्वासिन सिमेन्टले लियो बालकको ज्यान, स्थानीयबासी आन्दोलित !