सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवाल औषधी विचौलियाको ‘शरण’मा : दर्तै नभएको ब्लगबाट खण्डन !

दियो पोस्ट  

काठमाडौं । एउटा मिडियामा प्रकाशित समाचार चित्त नबुझे सोहि मिडियाबाटै खण्डन गर्नुपर्ने प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितामा उल्लेख छ । तर पछिल्लो समय आफ्नो आर्थिक अपराध लुकाउन केही भ्रष्टहरु भने प्रेस काउन्सिलमा सुचिकरण र दर्ता नै नभएको ब्लग मार्फत अफबाह फैलाउन थालेका छन् ।


धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल झूटो र अफबाह फैलाउन यस्ता अनलाइनको प्रयोग गर्न थालेको खुलेको छ । केही दिन सिलवालले स्थानिय एक रेडियोलाई दिएको अन्तर्वार्तामा समेत झूटको पूलिन्दा ओकलेको भन्दै दियोपोस्टले तथ्य सहित सिलवालको झूटको पोल खोलिदिएको थियो । सोही समाचारपछि आतंकित बनेका सिलवालले औषधी खरिदका विचौलिया भरतमणि सिलवाल लगायतलाई प्रयोग गरेर फर्जी ब्लग मार्फत दियोपोस्टको समाचारको खण्डन गराएका छन् ।

अफबाह फैलाउँदै सिद्धलेकका अध्यक्ष सिलवाल : एक पैसा लिएको छैन भन्दै १३ हजारमा र्‍याल !


दियोपोस्ट डटकममा प्रकाशित् समाचारको सिद्धलेक गाँउपालिकाले खण्डन नगरेपछि उक्त गाँउपालिकामा औषधी सप्लाईको लागि बिल प्रयोग भएको काठमाडौं त्रिपुरेश्वर स्थित् सञ्जु श्री मेडिसिन सप्लायर्सले आफू फस्ने भएपछि विज्ञप्ति निकालेको छ । उक्त सप्लासर्यका मालिक बताउने नवराज श्रेष्ठले आफ्नो कम्पनिको बिल मात्रै प्रयोग भएको र सबै कुरा आफूलाई थाहा नभएको बताएका थिए । उनले औषधी खरिदमा भरतमणी सिलवालको समलग्नता रहेको बताएको अडियो दियोपोस्टसँग सुरक्षित छ ।

गाउँपालिकाको स्वास्थ्य प्रमुख राम प्रसाद सिलवालका भाई नाता पर्ने भरतमणी सिलवालले सेटिङमा औषधी पुर्याएका थिए । तर, उनीहरुको मिलेमतोमा जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको निशुल्क औषधी समेत बिलमा चढाइएको स्रोतको दाबी थियो ।


सञ्जु श्री सप्लायर्सले बिना मिति र बिना हस्ताक्षर एक बिज्ञप्ती सामाजिक संजालमार्फत् जारी गरेको छ ।

गत साउन १९ गतेसिद्धलेक गाउँपालिकामा ‘ब्रम्हलुट’ : औषधी खरिदमा नक्कली बिल, अध्यक्ष सिलवाल नै समलग्न !” शिर्षकमा दियो पोष्टमा सप्रमाण समाचार प्रकाशित भएको थियो ।

औषधी विचौलियाको आफन्तकै बिना दर्ताको अनलाइनबाट भूमिगत खण्डन
दियो पोष्टमा समाचार प्रकाशित् भएपस्चात् गाँउपालिकामा औषधी बिचौलिया भरतमणी सिलवाललाई आफ्नो पोल खुल्ने र औषधी घोटाला गरी आर्थिक लाभ लिन नपाउने डरले छटपट्टिनै भएको थियो ।

समाचार प्रकाशित् भएसंगै तिनै बिचौलिया सिलवालले पटक पटक टेलिफोन समेत गरेका थिए । दियो पोष्टसंगको टेलिफोन कुराकानीमा बिचौलिया सिलवालले ठाडो भाषामा आफुसँग भेट्न भनेका थिए । तर उनसंग भेट्नाका लागी दियोपोष्टले समय नदिएपछि धादिङकै एक पत्रकारलाई समेत प्रयोग गरेका थिए ।


तर तिनै पत्रकार मार्फत् गरिएको प्रस्तावलाई समेत दियोपोष्टले बेवास्ता गरेपछि बिचौलिया सिलवालले समाचार खण्डन गर्न लगाएका थिए । औषधी खरिदमा विचौलियाको भूमिका निभाउँदै भ्रष्टचारको मतियार बनेका सिलवालाई प्रेस काउन्सिलको आचारसंहिता थाहा हुने कुरा भएन ।
उक्त समाचार प्रकाशित् भएपछि सम्बन्धित सञ्चार माध्यमबाटै खण्डन गर्न बिचौलिया सिलवाल असफल भएपछि भने उनले युरोपमा रहेका उनको भाईलाई प्रयोग गरेका छन् ।

दियोपोष्टको समाचार खण्डन गर्न, सिलवालले पोर्चुगलमा रहेका उनका भाई शम्भु सिलवालको सहारा लिएका छन् । उनका भाई शम्भुले पोर्चुगलवाट संचालन गरेको न्युज ट्वान्टीफोर हटलाईन नामक अनलाईन संचालन गर्दै आएका छन् । नेपालमा रहदा सामान्य कलाकारिता समेत गरेका सिलवाल पछिल्लो समय युरोपको पोर्चुगलमा रहँदै आएका छन् । उनले पछिल्लो समय हैट युरोप नामक एक युट्युव प्रोग्राम समेत चलाउने गरेका छन् । उक्त युट्युव प्रोग्रामको प्रचार प्रसारका लागि सिलवालले उक्त अनलाइन संचालन गर्दै आएका छन् ।

हास्यास्पद र रहस्यमयी कुरा के छ भने नेपालको अनलाइन तथा सञ्चार नियामक निकाय प्रेस काउन्सिलमा दर्ता समेत नभएको उक्त हुण्डार ब्लग मार्फत खरिएको खण्डन गाउँपालिकाले समेत आफ्नो फेसबुक मार्फत शेयर गरेको छ ।


यता गाउँपालिका अध्यक्ष सिलवालले भने सिद्धलेक गाउँपालिकाले नै ५ लाख रुपैयाँ खर्च गरेर आफ्नो अन्तर्वार्ता एक रेडियो मार्फत बजाएको थियो । उक्त अन्तर्वार्तामा समेत उनले बोलेको झूटको पर्दाफास भएको थियो ।

भत्ता, इन्धन र टेलिफोन खर्च लिएको छैन भन्दै लोकलाई ढाँट्दै आएका सिलवालले दोहोरो भत्ता लिएको टेलिफोन खर्च मात्रै होइन प्रदेशले जारी गरेको ऐन विपरित गाउँपालिकाबाटै निर्णय गराएर भत्ता लिएको खुलेको थियो ।

छुटाउनु भयो की ?

सिद्धलेक गाउँपालिका अध्यक्षको नाम लिँदै कुम्पुर स्वास्थ्य चौकीका अहेब अन्सारीमाथि हमला !

सिद्धलेक गाँउपालिकामा हाते ट्याक्टर खरिदमा समेत चरम भ्रष्टाचार : प्रति ट्याक्टर २२ हजार घुस !

सिद्धलेक गाउँपालिका ‘फलोअप’ : अध्यक्ष सिलवाल र पौडेलको मिलेमतोमा ३ करोडको ठेक्का गोलमाल !

सिद्धलेक गाउँपालिका बन्यो अध्यक्षको आफन्त ‘भर्तिकेन्द्र’ : सम्धी पिए र ज्वाइँलाई जागिर !

सिद्धलेक गाउँपालिका अध्यक्षको ‘कतुर्त लुकाउन मिडियामा लगानी’ : को हुन् पैसा लिने पत्रकार !

सम्बन्धित खबर

ट्रेन्डिङ