तिहारको बहानामा उदयपुर सिमेन्ट उद्योग फेरी बन्द, चिसो कोइलाले मेसिन ध्वस्त

दियो पोस्ट  

काठमाडौं । कोइला अभावले उत्पादन समेत बन्द भएको उदयपुर सिमेन्ट उत्पादन फेरी बन्द भएको छ । शुभ दिपावलीको बहाना गरेर उद्योग व्यवस्थापनले सिमेन्ट उत्पादन बन्द गरेको हो ।

यसअघि दशैं विदाको बहाना गरेर लामो समयदेखि बन्द रहेको सिमेन्ट उत्पादन केहीदिन मात्रै संचालनमा आएपनि फेरी बन्द भएको हो । गत असोज ३० गतेदेखि सामान्य उत्पादन शुरु भएको थियो । उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेको लापरबाहीका कारण उद्योगमा हाल जाँचपासै नगरिएका चिसो कोइला हालेर समेन्ट उत्पादन गरिएको छ ।

उद्योगका निमित्त नायब महाप्रबन्धक महेश प्रसाद शाहद्वारा जारी सुचनामा भोली कार्तिक ७ गतेदेखि कार्तिक ११ गतेसम्म उद्योग बन्द हुने छ । तिहार विना परेको भन्दै उद्योगमा पानी विजुली, एम्बुलेन्स र सुरक्षा बाहेक उद्योग पूर्ण रुपमा बन्द हुनेछ ।

विगत १० वर्षदेखि उद्योगमा कहिलेपनि दशैं र तिहारमा सिमेन्ट उत्पादन बन्द भएको थिएन । तर, उद्योगको महाप्रबन्धकमा न्यौपाने नियुक्त भएपछि उद्योग निरन्तर धराशायी बन्दै गएको छ ।

जाँचपासै नगरिएको कोइला प्रयोग गरेर उदयपुर सिमेन्ट ध्वस्त बनाउँदै महाप्रबन्धक न्यौपाने

सिमेन्ट उत्पादन बन्द भएपछि उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने ‘फरार’ !

टाट पल्टिएको उदयपुर सिमेन्ट उद्योगमा चिनियाँ नागरिकको शंकाष्पद भ्रमण !

टाट पल्टिएको उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेलाई लाखौँ रुपैयाँ अवैध भत्ता !

 

महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !

 

 

 

 

 

सम्बन्धित खबर