काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार माध्यममा प्रकाशित समाचार हटाउन आफैँले निर्देशन दिएको अडियो प्राप्त भएको छ । दोलखाबाट प्रकाशन हुने ‘हेर्दा हेर्दै डटकम’का प्रकाशक सुरज बस्नेतलाई काउन्सिलका अध्यक्ष बस्नेतले गैरव्यावसायीक रुपमा समाचार हटाउन आफैँ फोन गरि निर्देशन दिएको अडियो रेकर्डमा सुन्न सकिन्छ ।
हेर्दा हेर्दै डटकममा ‘माथिल्लो तामाकोशी सामान चोरी प्रकरण : नेकपा एमाले उम्मेदवार उमा शेर्पाको संलग्नता भएको आशंका’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । सोही समाचारमा निर्वाचन आचारसंहिता जोड्दै काउन्सिलले २४ घण्टा भित्र समाचार हटाउन निर्देशनात्मक पत्राचार समेत गरेको छ । तर, २४ घण्टाको समय पत्रमा दिइएपनि अध्यक्ष बस्नेतले फोन गरेर तत्कानल समाचार हटाउन दबाव दिइरहेको प्रकाशक बस्नेतले दियोपोस्टलाई बताए । त्यतिमात्रै होइन सबै समाचार तुरुन्त हटाउन उनले ह्वाट्स एपमा म्यासेज समेत गरेका छन् ।
अडियो संवाद यस्तो छः
बालकृष्ण बस्नेत : अँ बुझ्यौ नी तिमीले कुरो ।
हेर्दा हेर्दै डटकम : कारणै छैन त अंकल यो कसरी हटाउन मिल्छ ?
बालकृष्ण बस्नेत : कारण तिमीले जान्ने कुरा भयो । यो राख्न मिल्दैन यो बेलामा । निर्वाचन अयोगको चिठी आउँछ । उता पनि पठाउनुपर्ने हुन्छ । यही सम्बन्धी मिटिङ
भैरहेको छ । मैले पूर्वसुचना दिएको मात्रै हो ।
हेर्दाहेर्दै डटकम: कहाँ पठाउनुपर्ने हुन्छ अंकल ?
बालकृष्ण बस्नेत : प्राधिकरणमा क्या । प्राधिकरणमा पठाउन लागेका छौँ । त्यो गर्नुभन्दा अगाडी कन्टेन्ट आएन भने भन्ने ठाउँ हुन्छ । अहिले हेर्न नमिल्ने बनाइदेउ न
सक्किगो नी । म त्यही अनुसार कुरा राख्दिन्छु के ?
हेर्दा हेर्दै डटकम: न्युज पोर्टलमा न्युज नै हटाउँदा अफ्ट्यारो हुँदैन ?
बालकृष्ण बस्नेत : तिमीलाई यो भन्दा अगाडी धेरैले हटाएको थाहा छ की छैन ?
हेर्दा हेर्दै डटकम : अरुले बनावटी समाचार लेखे होलान् ।
बालकृष्ण बस्नेत : यो बेलामा मिल्दैन क्या ।
हेर्दा हेर्दै डटकम : यसमा भ्वाइस रेकर्डदेखि सबै छन् ।
बालकृष्ण बस्नेत : नमान्ने हो भने केही छैन । मैले तिमीलाई चिनेको हिसाबले भनेको मात्रै हो ।
निर्वाचन आयोगले मिति २०८१ मंसिर १६ गते सम्पन्न हुन लागेको स्थानिय तहको उपनिर्वाचनका क्रममा कुनै पनि हिजो मंसि १३ गते राती १२ बजेदेखि मौन अवधि घोषणा गरेको छ । मौन अवधिमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक संजाल, अनलाइन वा छापा माध्यमबाट प्रचार प्रसार गर्न रोक लगाएको छ । हेर्दाहेर्दै डटकममा प्रकाशित यो सामग्री मौन अवधि शुरु हुनुभन्दा २ घण्टा अगाडी अर्थात मंसिर १३ गते बेलुका १० बजेर ३७ मिनेट जाँदा प्रकाशन तथा प्रशारण भएको देखिन्छ ।
यो सामग्री निर्वाचन अगाडी प्रकाशन तथा प्रशारण भएपनि चुनाव भन्दा चोरीको घटनासँग बढि केन्द्रित देखिन्छ । तर, प्रेस काउन्सिलले यो सामग्री निर्वाचन आचारसंहिता विपरित प्रशारण भएको र मौन अवधिमा देखिने गरि एकपक्षीय सामग्री संप्रेषण गरेको आरोप छ । उक्त समाचार निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरित देखिएको भन्दै अविलम्ब हटाई स्थगन गरि २४ घण्टा भित्र जावाफ पेश गर्न काउन्सिलको लिखित निर्देशन छ ।
प्रेस काउन्सिल अध्यक्ष बस्नेतसहितका पदाधिकारीले लगाएको ‘कोट’मा महालेखाको ‘खोट’ !
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !
*अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीसँग वार्ता : ‘प्रेस काउन्सिलमा पनि घुस चल्दो रहेछ’
प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !
बालकृष्ण बस्नेतको किर्ते कागजात मुद्दा गिजोल्दै प्रेस काउन्सिल : फैसला नहुँदै दुई थरी पत्राचार !
बालकृष्ण बस्नेतको किर्ते मुद्दामा फैसला सुनाएको प्रेस काउन्सिलले भन्यो,‘मुद्दा चलिरहेको छ’
दियोपोस्टप्रति प्रेस काउन्सिलको विशेष अनुगमनले सुकुटे बिचका साहुजीमा रहस्यमयी खुसीयाली
बालकृष्ण बस्नेतको किर्ते सम्बन्धी समाचार २४ घण्टामा हटाउन प्रेस काउन्सिलको निर्देशन
दियोपोस्टबारे पत्रकार महासंघले भन्यो,‘प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो’
बालकृष्ण बस्नेतको ‘किर्ते अनुभव पत्रमा’ प्रेस काउन्सिल नै ‘न्यायाधीश’ : अप्रमाणित भएको ठहर !
प्रेस काउन्सिलले नै फैलायो दियोपोस्टबारे झूटो खबर : हुँदै नभएको खबर मिडियामा भाइरल !
केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !