दुबई मानव तस्करी ‘फलोअप’ : नेपाली बिचल्ली बनाउने ‘दलाल’को नेपालमा म्यानपावर !

diyopost.com
दियो पोस्ट  बुधबार, माघ ०५, २०७८ | १४:०४:५३

काठमाडौं । नेपालबाट भिजिट भिषाको नाममा दुबई मानव तस्करी गर्दै आएको गिरोहले नेपालमा म्यानपावर कम्पनि समेत सञ्चालन गर्दै आएको पाइएको छ ।
भूमिगत रुपमा सञ्चालित उक्त कम्पनिले नै भिजिट भिषामा दुबई जाने नेपालीहरुको विवरण संकलन गर्ने र दुबईसम्म पुर्याएर विचल्ली बनाउने भूमिका खेल्दै आएको छ ।

दुबईमा रहेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेसिजका मालिक कोमलराज उपाध्यायले नेपालमा म्यानपावर कम्पनि समेत संचालन गर्दै आएको पाइएको हो ।
सोही म्यानपावरमा कागजात बुझाएर दुबई पुगेका नेपालीहरु यतिबेला विचल्लीमा छन् ।

‘लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.ली’ मार्फत नेपालमा युएई रोजगारीको सवर्ण अवसर भन्दै विज्ञापन गरिने गरेको छ । उक्त विज्ञापनमा कोमलकै मोबाइल नम्बर राखिएको छ । उनले नेपाल रहँदा चलाउने ९७४२८२९३४४ को मोबाइल नम्बर नै त्यस्ता विज्ञापनमा प्रयोग गरेका छन् ।

 

 

तर, झूट र फट्याइँमा माहिर उनले प्रेस काउन्सिल यस सञ्चार माध्यमलाई पठाएको खण्डनमा भने आफूले दुबईमा ट्राभल कम्पनि चलाएको र उक्त कम्पनि मार्फत नेपालीहरु भिजिट भिषामा दुबई पुगेको झूटो दाबी गरेका छन् । त्यहाँ उनले उल्लेख गरेको मोबाइल नम्बर र नेपालमा उनकै म्यानपावर कम्पनिले गरेको विज्ञापनमा उल्लेखित मोबाइल नम्बर एकै छ ।

 


दुबई पुगेर विचल्लीमा परेका नेपालीहरुले नेपालमा रहेको उक्त कम्पनिको कार्यालयमा गएर कागजात बुझाएको बताएका छन् । नेपालमा उक्त कम्पनिको काम खगेन्द्र लम्सालले हेर्दै आएका थिए । तर, मानव तस्करीको डरलाग्दो विषय सार्वजनिक भएपछि उनीसमेत यतिबेला दुबई लुक्न पुगेका छन् ।

दुबईमा रहेर कोमलसँगै राजन शाह ठकूरीले नेपालीहरुलाई एकै क्याम्पमा राखेर विचल्ली बनाएका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर दुबई पुर्याइएका मध्ये अधिकांश नेपाली सेनाका जवानहरु छन् ।

यो गिरोहले काम दिलाउन नसकेपछि नेपाली सेनाकै कतिपय जवानहरु नेपाल फर्किएका छन् । हामीलाई प्राप्त सुचना अनुसार दुबईमा विचल्ली बन्न पुगेका नेपालीहरुले ७ लाख रुपैयाँसम्म दलाल र विचौलियालाई बुझाएका छन् ।

 

 

रकम उठाउनका लागि मानव तस्करीमा समलग्न गिरोहका नाइके उपाध्यायले आफ्नै श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थामा खाता खोलेकी छिन् । उनकै खातामा नेपालीहरुले प्रति व्यक्ति ७ लाख रुपैयाँ सम्म बुझाएको पाइएको छ ।

यतिका रकम बुझाएर दुबई पुगेका नेपाली युवाहरुले ४ महिना बित्न लाग्दा पनि रोजगारी नपाएर विचल्लीमा बस्नु परेको छ ।

‘कुन मुख देखाएर घर फर्कौं ? साहुको ऋण तिर्नुछ । मिटरब्याजमा पैसा फिर्ता गर्छु भनेर साहुकरसँग ऋण लिएर दुबई आयौं,’ एक नेपालीले भने,‘पैसा जति सबै दलाललाई बुझायौँ । अहिले पैसा फिर्ता माग्दा चार महिनासम्म बसेको र खाएको पैसा कटियो भनेर कागज गराएर फर्काउने कुरा गर्छन् ।’

‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)

दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !

BREAKING :: दियोपोस्ट समाचार प्रभाव : भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ !

फलोअप : यस्तो छ दुबई मानव तस्करी गर्ने ‘गिरोह’ले श्रीमतीलाई ‘दलाल’ बनाएको प्रमाण !

भिजिट भिषामा दुबई मानव तस्करी गर्ने गिरोहले श्रीमतीलाई समेत धन्दामा सामेल गराएको खुलाशा !

भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !

सम्बन्धित खबर