आयल निगमको रकममा प्रभु बैंकको रजाइँ : सुरेन्द्र पौडेल एमडी बनेपछि अर्बौंको कारोबार !

दियो पोस्ट  

काठमाडौं, १२ मंसिर । सरकारले आफ्नै लगानीमा बैंकहरु सञ्चालन गरेको छ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा सरकारी निकायहरुले मात्रै कारोबार गरिदिए जनताको करबाट सञ्चालित बैंकहरुले सरकारलाई योगदान गर्न सक्ने थिए ।

तर, सरकारी निकायहरुमा विचौलिया माफिया र भ्रष्टहरुको जमात बढ्दै जाँदा ती निकायहरुमा रहेका अर्बौं रकम सरकारी बैंकमा होइन नीजि बैंकमा थुप्रिन पुगेको छ । नीजि बैंकहरुले ती रकमलाई मनोमानि रुपमा सर्वसाधरणलाई चर्को ब्याजमा लगाउँदै आएका छन् ।


सरकारकै मातहतका निकायहरुमा नेतृत्व सम्हालेका व्यक्तिहरुलाई कमिशन नआउने हुनाले उनीहरुले ती निकायहरुको अर्बौं रकम मनोमानी रुपमा निकाल्दै विभिन्न निजि बैंकमा पुर्याएका छन् । यस्ता गतिविधिले सरकारी निकाय त टाट पल्टिन्छन् नै जनताबाट कर लिएर सञ्चालित सरकारी बैंकहरु धरासायी बन्दै गएका छन् ।


प्रसंग हो नेपाल आयल निगमको । नेपाल आयल निगमले यसअघि राष्ट्रिय वाणिज्य बैंकमा आफ्नो रकम जम्मा गरेको थियो । सरकारी बैंकहरुमा अर्बौंको कारोबार गर्ने निगमले आजभोल भने नीजि बैंकसँग रहस्यमयी कारोबार गर्दै आएको पाइएको छ ।

राजधानीको बबरमहलमा मुख्यालय रहेको प्रभु बैंकमा निगमले अर्बौं रकम जम्मा गरेको पाइएको छ । निगमको अर्बौं रकममा प्रभु बैंकले रजाइँ गरिरहेको उच्च स्रोतले जनाएको छ ।


निगमको प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल पद बहाली भएपछि निगमको अर्बौं रकम प्रभु बैंकमा जम्मा गर्ने गरेको पाइएको हो । प्रभुसँग उनको कमिशनको सम्बन्ध रहेको उच्च स्रोतले बतायो । प्रभु बैंक उच्च स्रोतका अनुसार निगमको नाममा प्रभु बैंकमा आधा दर्जन खाता सञ्चालनमा छन् । ती खाताहरु मार्फत अर्बौंको कारोबार हुने गरेको पाइएको छ ।


नेपाल आयल निगमको नाममा प्रभु बैंकमा रहेको डलर खाता नम्बर (युएसडी एकाउन्टमा ) ००११६०००३२५५३००००२० युएसडी एकाउन्टमा चार लाख डलर अर्थात नेपाली रुपैयाँ ४ करोड भन्दा बढी रहेको देखिन्छ । प्रभु बैंकको उच्च स्रोतका अनुसार अर्को खाता क्रेडिट एकाउन्ट नम्बर ००१००१०००३२५५३०००००१ मा एक अर्ब ३४ करोड ७४ लाख ७४ हजार ७ सय ४८ रुपैयाँ रहेको छ । यो चैत्र मसान्तसम्मको खाता विवरण हो । यसमा थपघट हुन सक्ने स्रोतले बतायो ।


त्यस्तै अर्को कल एकाउन्ट समेत खोलिएको छ । कल एकाउन्टको खाता नम्बर ००१११६०००३२५५३०००००२ मा एक करोड २३ लाख ३१ हजार ९ सय ४१ रुपैयाँ रहेको छ । यो खाताबाट समेत अर्बौंको कारोबार भएको छ ।

प्रभु बैंक स्रोतले उपलब्ध गराएको स्टेटमेन्ट अनुसार अर्को पिएसफ एकाउन्ट (पुरानो) खाता नम्बर ००१११६०००३२५५३००००१३ मा २० करोड १३ लाख ९२ हजार ६ सय ८३ रुपैयाँ छ । स्टेटमेन्ट अनुसार प्रभु बैंकमा निगमले अर्बौंको कारोबार गरेको छ ।


स्रोतका अनुसार निगमको पैसा प्रभु बैंकमा जम्मा गरेबापत प्रबन्द निर्देशक सुरेन्द्र पौडेललाई ठूलै आर्थिक लाभ भएको छ । त्यसो त उनले निगमको अर्बौं रकम एउटै मात्रै बैंकमा भनाई सबैजसो निजि बैंकमा जम्मा गराएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकम भएको अर्बौं रकम समेत नीजि बैंकमा रहस्यमयी रुपमा सारेको स्रोत बताउँछ ।

निगमले नविल बैंक, सेन्चुरी बैंक, एनआईसी एशिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक र माछापुछ«े बैंक लगायतमा निगमको अर्बौं रकम जम्मा गरेको छ । यद्धपी सरकारी बैंकरुमा भने नीजि बैंकको तुलनामा रकम जम्मा गरिएको छैन । स्रोतका अनुसार नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल र बैंकका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलबीच निकट सम्बन्ध छ ।

यो पनि पढ्नुहोस्

‘रिफ्युलर खरिदकाण्ड’ : भारतीय कम्पनिकै योजनामा निगमले लागत अनुमान तयार पारेको खुलाशा !

आयल निगममा ‘भ्रष्टाचार’को चाङ : १२ करोडको रिफ्युलर खरिदमा सार्वजनिक खरिद ऐनको ‘धज्जी !

आयल निगममा ‘ठाडो भ्रष्टाचार’ : लागत अनुमान लत्याएर ३० प्रतिशत महँगोमा रिफ्युलर खरिद !

आयल निगमको ईआरपी ठेक्कामा बोलपत्रमै ‘सेटिङ’ : जालझेलपूर्वक नियोटेरिकलाई ठेक्का !

गोपाल खड्काकै पथमा सुरेन्द्र पौडेल : नियोटेरिकलाई ‘गैरकानुनी’ रुपमा २८ करोडको ईआरपी ठेक्का !

कमिशनको डरलाग्दो चक्करमा आयल निगमको ईआरपी ठेक्का : २८ करोड रुपैयाँ झ्वाम पार्ने खेल !

हवाई माफियाको चङ्गुलमा आयल निगमका प्रबन्ध निर्देशक : उधारोमा तेल, निगम डुबाउने खेल

आयल निगमको गाडीमा उद्योग मन्त्री भट्टको रजाइँ : मन्त्रीको चाकडीमा पौडेलले दिए ५ वटा गाडी !

सम्बन्धित खबर