बसन्त चौधरीले विदेशी विरामीमाथि खुलमखुल्ला ‘कालोबजारी’ गर्दा सरकारको रहस्यमयी मौनता !

दियोपोस्ट संवाददाता  

काठमाडौं । कालाबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अनुसार सय कडा २० प्रतिशत भन्दा बढी मुनाफा लिएको पाइए एक वर्ष कैद वा दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुन्छ । तर, सयकडा २० प्रतिशत होइन ६० गुणाभन्दा बढी मुनाफा गरिरहेका नर्भिक अस्पतालका मालिक बसन्त चौधरीमाथि भने हालसम्म कुनैपनि निकायले छानबीन समेत गर्न सकेको छैन । चार दिन अस्पताल बस्दा ४० लाख रुपैयाँ भन्दा बढीको बिल दिएर बार्गेनिङ गरेपछि मिडियाको सम्पर्कमा आएका जापानी नागरिकलाई मात्रै होइन नर्भिकले त्यहाँ उपचारमा आउने अधिकांश विदेशी नागरिकलाई यसरी नै मुर्गा बनाइरहेको छ । तर, पटक पटक यो विषय सार्वजनिक हुँदा पनि सरोकारावाला निकाय राहस्यमयी रुपमा मौन छन् ।


टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ सय रुपैयाँमा हुने आरएफटी परिक्षण नर्भिकले विदेशी विरामीलाई भने १७ हजार ५ सय रुपैयाँ असुल गर्छ । त्यतिमात्रै होइन अस्पतालले त्यहाँ आउने विरामीलाई विभिन्न अनावश्यक परिक्षणको शिर्षक राखेर ‘ओभरविलिङ’ गर्दै ठगी गरिरहेको छ ।

जापानी आरोहि मोरिता सगरमाथा क्षेत्रमा पर्ने लोबुचे शिखर आरोहणका लागि गएकी थिइन् । लोबुचे शिखरको सफल आरोहणपछि फर्किने क्रममा वैशाख ११ अर्थात् अप्रिल २३ गते बिहान ६ हजार १ सय मिटर अग्लो लोबुचे शिखरबाट खसेर उनी घाइते भएकी थिइन् ।

ग्ल्यासियर हिमालय ट्रेक्स नामक ट्राभल कम्पनीबाट गएकी उनको हेलिकोप्टरमार्फत तत्काल उद्धार गरिएको थियो । अल्टिच्युड एयर नामक हेलिकोप्टर कम्पनिले उनलाई उद्दार गरि उनलाई शुरुमा काठमाडौंको बत्तिसपुतलीस्थित स्वकन अस्पताल पुर्याइएको थियो । सामान्य उपचारपछि उक्त अस्पतालकी एक डाक्टरले नर्भिक अस्पतालमा रिफर गरिदिएकी थिइन् । ट्रेकिङ कम्पनिका संचालक दा डेन्जी शेर्पाले नर्भिकमा होइन ह्याम्स अस्पतालमा लैजाने अडान लिएका थिए । तर, स्वाकनकी चिकित्सकले रिफर लेटर नै नर्भिकमा लेखिदिएपछि शेर्पा नर्भिक अस्पताल पुर्याएका थिए ।

मेडिकल आइसियुमा राख्दा प्रति दिन ७५ हजार रुपैयाँ शुल्क असुल गरिएको छ । मोरितालाई नेपाल ल्याउने जापानी कम्पनिका प्रतिनिधि ताकेसी नाकायामाका अनुसार उनले नर्भिकका व्यापार निर्देशक अंकित अग्रवाललाई विरामीलाई सामान्य रुममा राखिदिन भनेका थिए । तर, सामान्यमा भनेर नर्भिकका व्यापार निर्देशक अग्रवालले डिलक्स रुममा पुर्याएको कागजातबाट पुष्टि हुन्छ । ‘डिलक्स भनिएको रुम निकै फोहोर थियो । दुर्गन्धित पनि थियो,’ उनले भने,‘नर्मल भनेर डिलक्स रुममा लगियो र दैनिक ५० हजार रुपैयाँ असुल गरियो ।’


संचार माध्यममा खबर आउने चालपाएपछि नर्भिकले आफूहरुलाई ४० लाखको बिल दिएर अन्तिममा १८ हजार ४५ डलर अर्थात आजको विदेशी विनिमयदर अनुसार २४ लाख ८ हजार ६ सय ९८ रुपैयाँ असुल गरेको छ । ‘मैले पटक पटक मैले तिरेको पैसाको रिसिभ दिनुस् भनेको छु । तर, कम्पनिका व्यापार निर्देशक अंकित अग्रवालले ढाँट्दै आएका छन्’ ताकेसी भन्छन्,‘हाम्री विरामीको उपचार समेत राम्रो नभएपछि अहिले जापानमै उपचार हुँदैछ । पहिले घाँटी नजिकै (कुम)को हड्डी भाँचिएको भनेर नर्भिकले उपचार गरेको थियो । तर, त्यतिमात्रै होइन रहेछ । तल कम्मरको भागका केही हड्डी पनि भाँचिएको रहेछ । अहिले ३ लाख नेपाली रुपयाँमा जापानमा उपचार हुँदैछ ।’
डिलक्स रुममा भर्ना गरिएको थियो । मोरिताको स्वास्थ्यमा सुधार आएपनि हालसम्म आरोहि मोरिताको डिस्चार्ज भने गरिएको छैन ।

लोबुचे हिमाल अरोहणका क्रममा घाईते भएकी उनलाई नर्भिकले विभिन्न ४६ वटा चेकजाँच गरेको दियोपोष्टलाई प्राप्त बिलमा देख्न सकिन्छ । जसमा एचआइभी एड्सदेखि ईन्फेक्सन कन्ट्रोलसम्म विभिन्न चेकजाँचको २ हजारदेखि ४ लाख ४१ हजार ६६९ शुल्क राखिएको छ । नर्भिकले नर्सिङ केयर र इन्फेक्सन कन्ट्रोलको शुल्क मात्र ४ लाख ४१ हजार बढि लिएको छ । जबकी नर्भिक अस्पतालमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नै छैन । नर्भिकमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नहुनाले अस्पतालका मालिक बसन्त कुमार चौधरीले दुबई र सिंगापुरका स्थापित अस्पतालमा उपचार गराउने गरेका छन् ।

विरामीलाई दिइएको बिलमा विरामीका आफन्तको नाम अंकित अग्रवाल उल्लेख छ । तर, उनी विरामीका सक्कली आफन्त होइनन् नर्भिक अस्पतालकै व्यापार निर्देशक हुन् ।

कमिशनको चक्करमा विरामीको आफन्तमा नर्भिकका कर्मचारीको नाम ?

विदेशी विरामी नर्भिक अस्पतालमा भर्ना हुनुमा ठूलो कमिशनको चक्कर छ । त्यहाँ विदेशी विरामी आफ्नै हिसाबले नर्भिक अस्पताल पुगे भनेपनि विरामीको आफन्तमा नर्भिकका व्यापार निर्देशक अंकित अग्रवाल, डिसिइओ रवि चौधरी र अर्का घाटु भनेर चिनने रवि शर्माको नाम राखिन्छ । किनकी यी तीन पात्रले नर्भिकमा आउने विदेशी विरामी उपचार शुल्कबाट २५ देखि ३५ प्रतिशतसम्म कमिशन पाउँछन् । त्यसैले उनीहरुले विरामीको आफन्त बनेर कमिशन लिने उद्देश्यले विलमा आफ्नै नामा राखेका हुन्छन् ।

घाटु भनेर चिनिने कलाकार रवि शर्माले त कतिपय ट्रेकिङ कम्पनिलाई कमिशनको सम्झौता नै गरेका छन् । नेपाल घुम्न आउने विदेशी पदयात्री पर्यटकलाई विरामी बनाउने र फर्जी उद्दार गरेर ठगीधन्दा चलाउने केही ट्रेकिङ कम्पनिसँग कमिशनको सम्झौता नै गरेर नर्भिकले विदेशी नागरिकमाथि ठगी गर्दै आएको छ । ट्रेकिङ कम्पनिहरुलाई २५ प्रतिशतसम्म कमिशनको सम्झौता हुने गरेको छ । अस्पताल, ट्रेकिङ कम्पनि, हेलिकोप्टर कम्पनिबीच हुने यस्तै कमिशनको चक्करले नेपालमा फेक रेस्क्यु बढ्दो छ । फेक रेस्क्युका घटनाबारे अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित समाचारकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि विग्रँदो छ । सोही कारण अहिले विदेशी विमा कम्पनिहरुले नेपाल घुम्न आउने पर्यटकको हकमा विमा शुल्कमा भारी बृद्धि गरेको छ । विमा शुल्क बृद्धि भएकै अहिले पर्यटकको आगमन घट्दै गएको पर्यटन विभागको तथ्यांकले नै देखाउँछ ।

नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!

नर्भिक अस्पतालको भवन नै ‘गैरकानुनी’ : आवासीय इजाजत लिएर अस्पताल संचालन !

विदेशी नागरिकलाई चर्को शुल्क असुल्ने नर्भिक अस्पतालले कर नतिरेको खुलाशा

नर्भिक अस्पतालले ६ तलाको अनुमति लिएर ९ तले महल बनाउँदा बालेन्द्र शाह बेखबर !

बसन्त चौधरीको ‘धन्दा’ : एकातिर नर्भिक अस्पताल, अर्कोतिर खुकुरी रम नामक रक्सी कम्पनी !

बसन्त चौधरीलाई आफ्नै नर्भिक अस्पतालप्रति विश्वास छैन : उपचार गर्न किन पुगे सिंगापुर ?

 

नर्भिक अस्पतालका डा. जेपि जयसवालले विवाहको प्रलोभन देखाएर ‘बलात्कार गरेको’ खुलाशा !

बिनोद चौधरीका भाई बसन्त चौधरी नै पर्यटकमाथि ठगीधन्दामा, नर्भिक अस्पताल छानबीनमा !

विदेशी विमा ‘ठगी’मा पनि चौधरीको किर्तिमानी : २ सयको टेस्ट ६ हजार, ३ हजारको सिटिलाई ५५ हजार !

पूर्वएआइजीको आडमा नर्भिक अस्पतालका कर्मचारीमाथि ज्यादती : स्टाफ नर्सको तलब ९ हजार !

नर्भिकमा विरामी पर्यटकमाथि ज्यादती : श्रीमतीमाथि बलात्कार प्रयास, श्रीमानबाट २७ लाख असुली !

जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !